आज राहत प्याकेज योजना सार्वजनिक गर्दै बाइडेन, अल्पसंख्यकलाई प्राथमिकता, अर्को राहत चेक


प्रकाशित मिति : माघ १, २०७७ बिहीबार

❒  नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आज विशेष सम्बोधन मार्फत झण्डै १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज योजना सार्वजनिक गर्ने

❒  राहत प्याकेजमा १४ सय डलरको राहत चेक समावेश गरिने, आर्थिक श्रोतको महत्वपूर्ण भाग अल्पसंख्यक समुदायका लागि छुट्याइने

❒  बेरोजगारी विमा सुविधामा पनि अतिरिक्त बढोत्तरी, धेरैलाई भ्याक्सिन प्रदान गर्नका लागि निजी कम्पनीहरुसँग सहकार्य

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आज विशेष सम्बोधन मार्फत झण्डै १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज योजना सार्वजनिक गर्ने भएका छन् । अल्पसंख्यक समुदायको सहयोग र कोरोना महामारीका कारण मारमा परेको अमेरिकी अर्थतन्त्र उकास्ने योजना सहित प्याकेज योजना ल्याउन लागिएको हो ।

बाइडेन प्रशासनले जनवरी २० मा सपथग्रहण लगत्तै संसदसँग मिलेर काम सुरु गर्नेछ । बाइडेनले आज घोषणा गर्न लागेको राहत प्याकेजमा १४ सय डलरको राहत चेक समावेश गरिने जनाइएको छ । साथै बाइडेनले धेरै अमेरिकनलाई भ्याक्सिन प्रदान गर्नका लागि निजी कम्पनीहरुसँग सहकार्यको प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ ।

प्याकेजमा अतिरिक्त आर्थिक श्रोतको महत्वपूर्ण भाग अल्पसंख्यक समुदायका लागि छुट्याइने भएको छ । बिहिबार बेलुका प्राइम टाइममा बाइडेनले उक्त सम्बोधनको तयारी गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन बेरोजगारी विमा सुविधामा पनि अतिरिक्त बढोत्तरीको पक्षमा रहेका छन् । अहिले मध्यमार्चसम्मका लागि बेरोजगारी विमा सुविधा बढोत्तरी गरिएको छ । त्यतिबेलासम्म काम गुमाएकाहरुले बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्राप्त गर्नेछन् ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ।

बाइडेन प्रशासने कोरोना भाइरस राहत प्याकेजमा दुइदलीय सहमति खोजिरहेका छन् । प्याकेजमा धेरै भन्दा धेरै रिपब्लिकनको सहमति जुटाउन प्रयास गरिनेछ । यदि सिनेटमा रिपब्लिकनको समर्थन जुटाउन नसकेको खण्डमा यो प्याकेज मेलमिलाप अन्तरगत पारित गर्न सकिनेछ । खर्चका मापदण्डहरुका सन्दर्भमा प्रयोग गरिने यो प्रकृयामा सामान्य बहुमत भए पुग्ने भएकाले फिलिबस्टर ६० भोटका लागि रिपब्लिकनको समर्थन आवश्यक पर्दैन ।

फिलिबस्टर भोटका लागि सिनेटमा अधिकांश बिलका लागि ६० भोटको आवश्यकता पर्छ । जर्जियाको सिनेटको चुनावको प्रमाणिकरण भइसकेपछि सिनेटमा रिपब्लिकन र डेमोक्र्याट्सका पचास पचास सिट हुनेछन् । उपराष्ट्रपतिले गर्ने टाइब्र्रेक मतका आधारमा सिनेटमा ५१ म्तका साथ डेमोक्र्याट्सको नियन्त्रण कायम हुनेछ । यो अवस्थामा फिलिबस्टर नचाहिने डेमोक्रेटिक बिलहरु सहजै पारित हुनेछन् ।

राहत चेकका सन्दर्भमा पहिले नै कैयन रिपब्लिकन सांसदहरुको समर्थन रहेकाले यसमा समस्या नहुने देखिएको छ । फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोले बाइडेनलाई एक पत्र लेखेर ठूलो राहत चेक समावेश गर्न आग्रह गरेका छन् ।

मसाचुसेट्सकी डेमोक्रेटिक सिनेटर एलिजाबेथ वारेनले बाइडेनलाई १५ पृष्ठ लामो पत्र लेखेर राहत प्याकेजमा समावेश हुनुपर्ने विषयका बारेमा बाइडेनको ध्यानाकर्षण गराएकी छिन् ।

बाइडेनको आजको राहत योजना सम्बोधन अगाडि स्टक मार्केटमा बढोत्तरी भएको छ । डाउ जोन्स १०३ प्वाइन्टले बढेर ३१ हजार १ सय ६४ पुगेको छ । यो शुन्य दशमलव ३ प्रतिशतले बढेको हो । त्यस्तै नास्डाकपनि शुन्य दशमलव ३ प्रतिशतले बढेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com