‘मेटल डिटेक्टर’ छलेर संसद छिर्ने अमेरिकी सांसदलाई ५ हजार डलर जरिवाना, तलबबाट कटाइने


प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

❒ ‘मेटल डिटेक्टर’ छलेर संसद छिर्ने सांसदलाई पहिलोपटक ५ हजार डलर र दोश्रो पटक १० हजार डलर जरिवाना गरिने, रकम उनीहरुको तलबबाट कटाइने

❒  मास्क नलगाउने सांसदलाई ५ सय डलर र दोश्रोपटक नियम उल्लंघन गर्नेलाई २५ सय डलर जरिवाना

❒ कोलोराडोकी रिपब्लिकन सांसदबाट ‘मेटल डिटेक्टर’ बाट जान अटेरी, सुरक्षाकर्मीलाई झोला चेक नगर्न चेतावनी, अर्कासान्सका रिपब्लिकन सांसदबाट सुरक्षाकर्मीहरुलाई आफूलाई नछुन चेतावनी

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

अमेरिकी संसदको प्रतिनिधिसभाकी स्पीकर न्यान्सी पेलोसीले ‘मेटल डिटेक्टर’ छलेर संसद छिर्ने सांसदलाई ५ हजार डलर जरिवाना गरिने नियमको घोषणा गरेकी छिन् । यो नियम आगामी सातादेखि कार्यान्वयनमा आउने भएको छ ।

संसदभवनमा अब सांसदहरुले हाउसको च्याम्बरमा छिर्दा नयाँ ‘मेटल डिटेक्टर’ हुँदै छिर्नुपर्नेछ । छलेर छिर्ने सांसदलाई पहिलोपटक ५ हजार डलर र दोश्रो पटक १० हजार डलर जरिवाना गरिनेछ । यो रकम उनीहरुको तलबबाट कटाइनेछ ।

जनवरी २१ मा प्रतिनिधिसभा सुचारु भएपछि नयाँ नियम स्वीकृत गरिने भएको छ । हाउस च्याम्बर र जनताको प्रतिनिधिसभाको सुरक्षाका लागि यो कदम आवश्यक भएको पेलोसीले बताएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार र बुधबार कैयन रिपब्लिकन सांसदले ‘मेटल डिटेक्टर’लाई छलेर संसद छिरेपछि यो मापदण्ड ल्याउने घोषणा गरिएको छ । सुरक्षाकर्मीहरुले ‘मेटल डिटेक्टर’बाट जान भनेपनि सांसदहरुले अटेरी गरेका थिए ।

सामान्यतया सांसदहरुले आफ्नो पिन देखाएपछि उनीहरुलाई संसद भवनमा जानका लागि अनुमति दिइदै आएको थियो । तर जनवरी ६ को दंगा फसादपछि मंगलबारदेखि ‘मेटल डिटेक्टर’ राखिएको छ ।

संसद भवनमा बन्दुक लग्ने कोलोराडोकी रिपब्लिकन सांसदले मंगलबार राती ‘मेटल डिटेक्टर’ बाट जान अटेरी गरेकी थिइन् भने सुरक्षाकर्मीलाई झोला चेक गर्न समेत दिइनन् । अर्कासान्सका अर्का रिपब्लिकन सांसदले पनि सुरक्षाकर्मीहरुलाई आफूलाई नछुन चेतावनी दिएका थिए ।

मंगलबार प्रतिनिधिसभामा मास्क अनिवार्य गर्ने नियम स्वीकार गरिसकिएको छ । यो नियम अनुशार पहिलोपटक मास्क नलगाउने सांसदलाई ५ सय डलर र दोश्रोपटक नियम उल्लंघन गर्नेलाई २५ सय डलर जरिवाना गरिनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com