प्रतिनिधिसभाबाट ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव पारित, १० रिपब्लिकन महाभियोगका पक्षमा


प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

❒ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित

महाभियोग प्रस्तावका पक्षमा २३२ र विपक्षमा १९७ मत

❒ विद्रोहका लागि उत्तेजना फैलाएको अभियोगसहित ट्रम्पबिरुद्धको महाभियोग प्रस्तावका पक्षमा १० रिपब्लिकन सांसदबाट मतदान

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । प्रस्तावबारे दिउसो ४ बजेपछि मतदान सुरु गरिएकोमा महाभियोगका पक्षमा १० जना रिपब्लिकन सांसदहरुले मतदान गरेका छन् ।

महाभियोग प्रस्तावका पक्षमा २३२  र विपक्षमा १९७ मत खसेको छ । ४ जना रिपब्लिकन मतदानमा सहभागी भएनन् ।

त्यसअगाडि विहान सबा ९ बजेदेखि प्रस्तावबारे छलफल गरिएको थियो ।  डेमोक्रेटिक सांसदहरुले ट्रम्प पक्षधर आक्रमणकारीहरु आतंकारीहरु भएको र उनीहरुलाई ट्रम्पबाट कट्टर बनाइएको बताएका थिए । अमेरिकामा मेक अमेरिका ग्रेट अगेन नामको गृहयुद्ध सुरु गर्न खोजिएको उनीहरुले आरोप लगाएका थिए ।

महाअभियोग प्रस्तावको पूर्ण पाठ

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार विहान ११ बजे बस्नेछ ।

ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाभियोग प्रस्ताव ल्याइएको हो । दुईपटक नै महाभियोग प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार यसको प्रकृया अगाडि बढाउने क्रममा क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com