ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा प्रतिनिधिसभामा छलफल सुरु


प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

❒ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभामा छलफल सुरु

❒ ‘ट्रम्प पक्षधर आक्रमणकारीहरु आतंकारीहरु हुन् र उनीहरुलाई ट्रम्पबाट कट्टर बनाइयो’ – डेमोक्रेटिक सांसद

❒ विद्रोहका लागि उत्तेजना फैलाएको अभियोगसहित ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा आजै मतदान हुने अपेक्षा

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभामा छलफल सुरु भएको छ । आज विहान ९ बजेदेखि सुरु भएको प्रतिनिधिसभाको बैठक झण्डै १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि ९ बजेर १६ मिनेटमा सुरु भएको बैठकमा महाअभियोग प्रस्तावबारेको छलफल भइरहेको छ ।

डेमोक्रेटिक सांसदहरुले ट्रम्प पक्षधर आक्रमणकारीहरु आतंकारीहरु भएको र उनीहरुलाई ट्रम्पबाट कट्टर बनाइएको बताएका छन् । अमेरिकामा मेक अमेरिका ग्रेट अगेन नामको गृहयुद्ध सुरु गर्न खोजिएको उनीहरुले आरोप लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यालिफोर्नियाकी सांसद जुडी चुले ट्रम्प जिम्मेबारीमा रहनु अत्यन्तै खतरनाक भएकाले महाअभियोग लगाइनुपर्ने बताएकी छिन् । उनले भनिन् – ‘हामी आतंककारीको हमलामा परेका थियौं । र यसपटक आतंककारीहरुलाई ट्रम्पले कट्टर बनाएका थिए , जसले आफ्ना समर्थकहरुलाई चुनावमा धाँधली भएको भन्दै जानाजान झूठो बोले ।’

महाअभियोग प्रस्तावमा आजै मतदान हुने अपेक्षा गरिएएको छ । विद्रोहका लागि उत्तेजना फैलाएको अभियोगसहित ट्रम्पबिरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको हो ।

महाअभियोग प्रस्तावको पूर्ण पाठ

ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाअभियोग प्रस्ताव ल्याइएको हो । बुधबार यसको प्रकृया अगाडि बढाउने क्रममा क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com