जी न्यूजको आपत्तिजनक रिपोर्ट- ‘सगरमाथामा भारतले दाबी गर्नुपर्छ’


प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

❒ नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी जी न्यूजद्धारा आपत्तिजनक रिपोर्ट प्रसारण

❒ जी न्यूज भन्छ- ‘सगरमाथामा भारतको पनि दाबी हुनुपर्छ र शिखरको नाम पनि फेर्नुपर्छ’ 

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी भारतीय न्यूज च्यानल जी न्यूजले आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने बताउँदै त्यसको नाम पनि फेर्नुपर्ने बताएको छ ।

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिन नेपाल आएको जी न्यूजको टोलीलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएपछि उक्त टोली हेलिकप्टरमार्फत सगरमाथा आधार शिविर पुगेको थियो ।

जी न्यूजले मंगलबार राति प्रशारण भएको कार्यक्रममा सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान थालेको हो ।

जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भारतीय गणितज्ञ राधानाथ सिकदरले माउन्ट एभरेस्टको उचाइ नापेको बताउँदै उक्त शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्ने दाबी गरेका छन् । सुधिरले माउन्ट एभरेस्टमाथि आफ्नो दाबी विश्वभर पेश गर्नुपर्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधान सम्पादक चौधरीले भनेका छन्, ‘राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ ।’

भिडियो :-

यसअघि पनि नेपालकैविरुद्धमा जी न्यूजले कार्यक्रम चलाएको थियो । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि ओली चिनियाँ राजदूत यान्छीको ‘प्रेमजाल’ मा परेको भन्दै ओली र होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com