चर्चामा अमेरिकन नेपाली महिला : वाह, चेलीहरु !


प्रकाशित मिति : भाद्र ८, २०७३ बुधबार

– किशोर पन्थी /न्युयोर्क

अगस्तमा अमेरिकामा तीन नेपाली महिलाहरु कञ्चन अमात्य, जोली अमात्य र लुना रञ्जित चर्चामा रहे ।

यो साता अमेरिकामा तीन नेपाली महिलाहरु चर्चामा रहे । अमेरिकामा अध्ययनरत नेपाली युवती कन्चन अमात्यले अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरिन् भने उनकी दिदी जोली अमात्यले संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीको अध्यक्षता गर्ने अवशर पाइन् । त्यस्तै अमेरिकामा नेपाली सामाजिक अभियन्ता लुना रञ्जितले १ लाख अमेरिकी डलर (झण्डै १ करोड नेपाली रुपैया) को पुरस्कारका लागि छनौट भइन् । अधिकांश नेपाली चेलीहरु तीजको रमझममा व्यस्त भइरहँदा यी तीनजना नेपाली चेलीहरु भने अमेरिकामा विशेष चर्चामा रहे । उनीहरुले विगत लामो समयदेखिको लगनशिलता र मिहिनेतका कारण यो सफलता पाएका हुन् ।

लुनाको लगनशिलता

अमेरिकामा नेपाली सामाजिक अभियन्ता लुना रञ्जित सामाजिक क्षेत्रमा उनको योगदान र लगनशिलताका कारण १ लाख अमेरिकी डलर (झण्डै १ करोड नेपाली रुपैया) को पुरस्कारका लागि छनौट भइन् । नेपाली र नेपालीभाषी आप्रवासीहरुको अधिकारका लागि कृयाशिल संस्था अधिकारकी संस्थापक मध्येकी एक लुना रञ्जितले यो बर्षको ग्रिनेल पुरस्कार पाउने भएकी हुन् । सामाजिक न्यायका क्षेत्रमा हासिल गरेका उपलब्धीको सम्मान गर्दै अमेरिकी कलेजले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

ग्रिनेल कलेजले पुरस्कारका लागि दुईजना विजेताहरु छानेको छ । दुईजना विजेताहरुमध्ये एकजना लुना रञ्जित हुन् भने अर्को विजेताका रुपमा एस्मार्टका संस्थापकहरु डायना जु र ज्याकी स्टेनसनलाई संयुक्त रुपमा पुरस्कार दिइने भएको छ । हरेक पुरस्कार विजेताले संस्थाको लागि ५० हजार अमेरिकी डलर र व्यक्तिगत रुपमा ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछ । आगामी अक्टोबर ४ मा उक्त पुरस्कार प्रदान गरिनेछ ।

अधिकार र लुना

अधिकार अर्थात् अधिकार फर सोसल जस्टिस एण्ड ह्युमन राइट्स । यो संस्थाले आङ्खनो स्थापनाको एघार वर्È पूरा गरेको छ । यसले आङ्खनो ११ वर्Èे जीवनमा धेरै नेपालीलाई सहयोग गरेको छ । सन् २००५ जुलाईमा स्थापना भएको ‘अधिकार’ ले हरेक वर्È सयौं नेपालीलाई स्वास्थ्य सेवाका अतिरिक्त निःशुल्क ट्याक्स, इमिग्रेशन , श्रम अधिकार, दोभासे आदिका कार्यशाला, गोष्ठी एवं तालिम संचालन गर्दै आएको छ । यही अधिकारका प्रमुख सारथी हुन् लुना रंजित ।

३९ वर्षीय लुनाले सृजना श्रेष्ठ, रश्मी श्रेष्ठ, ताफाद्जा पासिपान्डोया लगायतसंग मिलेर स्थापना गरेको संस्था हो अधिकार । उनी अधिकारकी सहसंस्थापिका हुन् । उनले अमेरिकाको ग्रिनेल कलेजबाट अर्थशास्त्र र विकाश अध्ययनमा स्नातक गरेकी हुन् भने प्रिन्सटन युनिभर्सिटीको वुड्रो विल्सन स्कुलबाट पब्लिक एण्ड एन्टरनेशनल अफयेर्समा स्नातकोत्तर गरेकी हुन् । सन् १९९६ मा ग्रिनेल कलेजमा अध्ययनका लागि अमेरिका आएकी हुन् लुना । उनले सन् १९९६ देखि २००० सम्म ग्रिनेल कलेजमा अध्ययन गरिन् भने त्यसपछि सन् २००२ देखि सन् २००४ सम्म प्रिन्स्टन युनिभर्सिर्टीमा ।

काठमाडौंमा जन्मिएका लुनाले अर्थशात्र र गणितमा नेपालको बुढानिलकण्ठ स्कुलबाट ए लेभलको अध्ययन गरेकी थिइन् । सन् १९८२ देखि काठमाडौंको सेन्ट मेरी हाइ स्कुलमा अध्ययन सुरु गरेकी लुनाले सोही स्कुलबाट सन् १९९३ मा एसएलसी पास गरेकी हुन् । अध्ययन सकेपछि उनले आफ्नो समय सामाजिक कार्यका खर्चन थालेकी हुन् ।

अधिकारमा आवद्ध हुनेताका उनले सन् २००५ मा एचआईभी एड्स सम्बन्धि संस्थामा काम गरिन् । त्यो भन्दा अगाडि उनले दक्षिण एसियाका कामदारहरुको संस्था आन्दोलनमा अभियान संयोजक भएर काम गरिन । उनले आन्दोलनमा सन् २००४ देखि सन् २००५ सम्म काम गरेकी हुन् । त्यो भन्दा अगाडि सन् २००० देखि सन् २००२ सम्म उनले शैक्षिक विकाश प्रतिष्ठानमा प्रोग्राम एसोसियटका रुपमा काम गरेकी थिइन् ।

विश्वभरका युवाको नेतृत्व गर्दै जोली

संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीको अध्यक्षता गर्ने अवशर नेपाली युवती जोली अमात्यले पाएकी छिन् । अमात्य संयुक्त राष्ट्रसंघको यति उच्चतहमा पुग्ने सबैभन्दा कम उमेरकी नेपाली हुन् । यसअगाडि उनले संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीमा को चेयर गर्दै आएकी थिइन् । राष्ट्रसंघको सबैभन्दा ठूलो युवा सम्मेलनका रुपमा परिचित युथ एसेम्ब्ली विश्वभरका युवाहरुलाई नेतृत्व गर्ने उच्च तह हो ।

युथ एसेम्ब्ली राष्ट्रसंघमा सबैभन्दा लामोसमय चल्ने सबैभन्दा ठूलो मध्येको एउटा सम्मेलन हो । सम्मेलनमा अध्यक्षताको लागि नियुक्त भइसकेपछि अमात्यले ९७ देशका १ हजार भन्दा धेरै प्रतिनिधिहरुको नेतृत्व गर्दै अगस्त १० देखि १२ सम्म राष्ट्रसंघ मुख्यालयमा कार्यक्रम गरिसकेकी छिन् । राष्ट्रसंघको दिगो विकाश लक्ष्य कार्यान्वयनका लागि युवा नेतृत्वको शशक्तिकरणको उद्देश्यसहित कार्यक्रम गरिएको थियो । कार्यक्रम अन्तर्राष्ट्रिय युवा दिवशको अवशरमा समापन गरिएको थियो । राष्ट्रसंघले सन् २०३० भित्रसम्ममा सबै प्रकारका गरिबी र भोकमरी उन्मुलन गर्नेदेखि विपदसँग जुध्ने क्षमता मजबुत बनाउने सहित १७ वटा लक्ष्य राखेर दिगो विकाश लक्ष्य तय गरेको छ ।

नवनियुक्त युथ चेयर जोली अमात्यले ९७ देशका सयौं युवा प्रतिनिधिहरुले खचाखच भरिएको ऐतिहासिक राष्ट्रसंघको महासभाहलमा आयोजित युथ एसेम्ब्लीमा सम्बोधन गरेकी थिइन् । युवा प्रतिनिधीहरुका लागि राष्ट्रसंघका महासचिव बान कि मुनले विशेष सन्देश सम्प्रेषण गरेका थिए ।
जोलीले राष्ट्रसंघको युथ एसेम्बलीमा नेपालको युवा प्रतिनिधिका रुपमा सन् २०१३ मा प्रवेश गरेकी थिइन् । तीनबर्षको छोटा अवधिमा नै उनी उच्च तहमा पुग्न सफल भएकी हुन् । सन् २०१५ मा उनले युथ एसेम्बलीमा को चेयर गरेकी थिइन् । उनको लगनशिलता र कडा परिश्रमका कारण यो बर्ष उनी मुख्य तहमा नै पुग्न सफल भएकी हुन् ।

विगत सातबर्षदेखि अमेरिकामा पेशागत अनुभव हासिल गर्ने क्रममा उनले युएन वुमन लगायत राष्ट्रसंघका विभिन्न अंगहरु सहित विश्व बैंक, हेविट्याट फर ह्युमानिटी, एक्शन एड इन्टरनेशनल लगायतका संस्थामा काम गरिसकेकी छिन् । यो अवधिमा उनले नेपालका युवा र महिलाको अवस्थामा सुधारका क्षेत्रमा समेत काम गरेकी छिन् ।

नेपालका युवापुस्ता प्रसस्त सम्भावनायुक्त रहेको र उनीहरुलाई सही दिशानिर्देश र दक्षतालाई उपयोग गर्ने स्थानमा मात्र आवश्यकता रहेको जोलीको भनाई छ । युवापुस्तालाई उचित दक्षता र ज्ञान दिनसकेमा उनीहरु परिवर्तनमा सम्बाहक बन्नसक्ने जोलीले बताइन् । जोली भन्छिन् हामी भोलीको नेतृत्व होइनौं, आजकै नेतृत्व हौं ।

जोलीले ह्वाइटमा हाउसमा एएपीआई युथ फोरममा नेपालको प्रतिनिधित्व गर्नुका साथै उनी ह्वाइटहाउसको महिला सम्मेलनमा सहभागिताका लागि छानिएकी थिइन् । सन् २०१५ मा उनलाई ग्लोबल कनेक्शन फर वुमन फाउण्डेशन न्युयोर्कले युथ ग्लोबल लिडर अचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो । महिला र युवा सम्बन्धि विभिन्न सामाजिक संस्थाहरुमा समेत सकृय रुपमा लागिरहेकी जोलीले छोटो समयमा नै हासिल गरेको उपलब्धी नेपाली युवाहरुका लागिमात्र नभई विश्वभरका युवाका लागि नै प्रेरणादायी छ ।

नेपालमा जन्मेर हुर्केकी जोलीले सेन्ट मेरी उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेकी थिइन् । हाइस्कुलमा नै उनी सन् २००७ मा भ्वाइस अफ वुमनले छनौट गरेको टपटेन वुमन अवार्डबाट सम्मानित भएकी थिइन् । त्यसपछि उनी थप अध्ययनका लागि अमेरिकामा आएकी थिइन् । उनले आयोवाको को कलेज र बोष्टनको हार्भड युनिभर्सिटीमा अध्ययन गरिन् ।

अध्ययन र रोजगारका लागि विदेशमा आएका नेपाली युवापुस्ताले नेपालको लागि कल्पनागरेभन्दा धेरै तरिकाबाट योगदान दिनसक्ने जोलीको भनाई छ । यसैबर्षको अक्टोबरमा नेपालको भ्रमण गर्ने जोलीको योजना रहेको छ ।

युवा र बालबालिकाको हितको ह्वाइट हाउसमा कञ्चन

नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली कन्चन अमात्यले अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो । अमेरिकन प्रतिनिधि सभामा उनले यस्तो जिम्मेबार पाएकी हुन् ।

सानो उमेर देखि नै सफलताको खुट्किलो चढ्दै निरन्तर रुपमा कदम माथि कदम अगाडी बढाउदै गरेकी अमात्य काठमाडौँ सेन्ट मेरिज पढाई पश्च्यात नर्बेमा युनाईटेड वर्ल्ड कलेज नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाईन् । मेधावी छात्र भएकै कारण हाल ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक (अन्डर ग्रजुएट ) तहमा अध्ययनरत छिन् ।

कन्चनले आफुले यस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संघ तथा संस्थामा काम गर्ने मौका पाउदा अवसर नगुमाउने बताइन् । कन्चन आपÞmुलाई एसियाको वृद्धि तथा विकासमा पुनः परिभाषित गर्न निकै अभिरुचि भएको बताइन् । उनले यस्ता मानव परोपकार तथा मानव समुदायको लागि सेवा गर्ने अवसर पाएकोमा आफु गदगद भएको बताईन् ।

अमेरिका जस्तो देशमा अमेरिकन संसदमा समेत नेपालको युवा तथा बालबालिकाको हितको लागि काम गर्ने सुनौलो अवसर पाएकोमा आफु निकै उत्साहित भएको बताइन। उनले सारा नेपाल र नेपालीको शिर उच्च मात्र नभई युवावर्गलाई उत्प्रेरणा समेत हुने आफुलाई लागेको बताइन् ।

अमेरिकन कांग्रेस द्वारा शिक्षा सबैको लागि (एजुकेसन फरअल बिल )एचआर ४४८१ तथा शरणार्थी शिक्षा बिल (रिफ्युजी एजुकेसन बिल ) को लागि पारित गराउन पुरा कोसिस गर्नु हाम्रो मूल कर्तब्य रहेको अमात्यले भनिन। यसै गरि उनले गत बर्ष गर्ल्स काउन्ट एक्ट २०१५ युएस कांग्रेस बाट पारित गराउन ठुलो मदत गरिन् जुन अहिले अमेरिकाको कानुन भएको छ । यो कानुनले नेपाल जस्तो देशलाई यस्ले सुनिस्चित गराउने कन्चनले बताइन् ।

अमात्य क्लिन्टन फाउन्डेसनको परियोजनाको दीर्घकालिक माछा पालन कृषि फारम कि सह संस्थापक हुन् भने सयुक्त राष्ट्र संघमा युवा तथा बालबालिकाको पक्षमा सहभागिता समेत जनाएकी छिन् । उनले गरेको मानव सेवाको लागि उनलाई बिल क्लिन्टन फाउन्डेसनले पुरस्कृत समेत गरेको छ । यसै गरि राष्ट्रपति भवनमा व्हाइट हाउस को कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा वक्ताको रुपमा प्रस्तुति समेत गरि सकेकी छिन् ।

राष्ट्र संघमा नेपालको प्रतिनिधित्व गर्ने सबै भन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् । अमात्य ग्लोबल च्याम्पियन फर वुमेनस इकोनोमिक इम्पावर मेन्ट ,सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण ,युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपाल कि अन्तर राष्ट्रिय निर्देशक ,रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो ,ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि (डब्लुपीपीसी) सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार ,नेपाल ,शान्ति एज्नेट ,बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरीसकेकी छिन् ।

(वासिंटन डिसीबाट विजय थापाको सहयोग)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com