जनवरी २६ देखि विश्वका कुनै पनि देशबाट अमेरिका आउँदा नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य


प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

❒ जनवरी २६ पछि अमेरिका आउँदै हुनुहुन्छ भने कोरोना नेगेटिभ भएको रिपोर्ट अनिवार्य 

❒ पहिले नै कोरोना संक्रमित भइसकेका व्यक्तिले भने नेगेटिभ कोरोना रिपोर्टको साटो निको भएको कागजात पेश गर्न सक्ने

❒  अमेरिका आइसकेपछि पनि तीनदिनदेखि ५ दिनभित्र कोरोनाको परीक्षण गर्न र आएको पहिलो साता घरभित्रै बस्न सुझाव

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

जनवरी २६ देखि विश्वका कुनै पनि देशबाट अमेरिका आउँदा नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य हुनुपर्ने प्रावधान अमेरिकन सीडीसीले ल्याएको छ । सीडीसीले मंगलबार गरेको घोषणा अनुशार अमेरिका आउने हरेक व्यक्तिले विमान चढ्नु अगाडि नेगेटिभ कोरोना रिपोर्ट पेश गर्नुपर्नेछ ।

प्रस्थान मितिको तीनदिनभित्रको नेगेटिभ कोरोना रिपोर्ट हुनुपर्ने सीडीसीले स्पष्ट पारेको छ । त्यसको लिखित र प्रमाणित कागजात एयरलाइन्सलाई बुझाएरमात्र विमानमा चढ्न पाइनेछ । पहिले नै कोरोना संक्रमित भइसकेका व्यक्तिले भने नेगेटिभ कोरोना रिपोर्टको साटो निको भएको कागजात पेश गर्न सक्नेछन् ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

अमेरिका आइसकेपछि पनि तीनदिनदेखि ५ दिनभित्र कोरोनाको परीक्षण गर्न र आएको पहिलो साता घरभित्रै बस्न सीडीसीले सुझाव दिएको छ । परीक्षणलेमात्र सबै जोखिमको उन्मुलन नगर्ने भएकाले मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने नियमहरुको पनि पालना गर्न सीडीसीले सबैलाई स्मरण गराएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतमा सुरुमा देखिएको कोरोनाको नयाँ प्रकार अमेरिकाका विभिन्न राज्यहरुमा देखिने क्रम तीब्र बन्दै गर्दा नयाँ मापदण्डको घोषणा गरिएको हो । अमेरिकाका कम्तीमा १० वटा राज्यमा कोरोनाको नयाँ प्रकार पुष्टी भइसकेको छ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com