KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

न्युयोर्कमा ६५ बर्षमाथिका र ग्रोसरी स्टोरमा काम गर्नेहरुलाई समेत भ्याक्सिन वितरण सुरु

प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

६५ बर्षभन्दा माथिका सबै, ग्रोसरी स्टोरमा ग्राहकतिर अनुहार फर्काएर काम गर्नुपर्नेहरु, सार्वजनिक यातायातमा काम गर्नेहरु भ्याक्सिन प्राप्त गर्न योग्य

❒ यसरी लिनुहोस् भ्याक्सिनको पहिलो डोज प्राप्त गर्नका लागि अप्वाइन्टमेन्ट

 

❒ अहिलेसम्म अमेरिकामा झण्डै ९३ लाखलाई कोरोनाबिरुद्धको भ्याक्सिन

 

खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

न्युयोर्कमा पहिलो चरणको दोश्रो उपचरण अन्तरगत ६५ बर्षमाथिका र ग्रोसरी स्टोरमा काम गर्नेहरुलाई समेत कोरोनाबिरुद्धको भ्याक्सिन वितरण सुरु गरिएको छ । यो उपचरणमा ६५ बर्षभन्दा माथिका सबै, ग्रोसरी स्टोरमा ग्राहकतिर अनुहार फर्काएर काम गर्नुपर्नेहरु, अग्नीनियन्त्रक, प्रहरी, जनसुरक्षा संचारमा काम गर्नेहरु, कोर्ट अफिसरहरु, जेलमा काम गर्नेहरु, शिक्षण संस्था र चाइल्ड केयरमा काम गर्नेहरु, सार्वजनिक यातायातमा काम गर्नेहरु, होमलेस सेल्टरमा रहनेहरु भ्याक्सिन प्राप्त गर्न योग्य भएका छन् ।

आफू योग्य भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोस् ।

सुरुमा स्वास्थ्यकर्मीहरु, दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरु र त्यहाँ खट्नेहरुलाई भ्याक्सिन वितरण गरिएकोमा दोश्रो उपचारण सोमबारदेखि सुरु भइसकेको छ । त्यसपछि फरबरीमा अन्य फ्रन्टलाइनमा खट्ने अत्यावश्यक कामदारहरु र जोखिममा पर्ने अन्य समुहहरुलाई भ्याक्सिन वितरण सुरु गरिने अपेक्षा गरिएको छ । यो समुहमा को को पर्नेछन् भन्ने निर्धारण र घोषणा पछि गरिनेछ ।

यदि तपाई ६५ बर्षभन्दा माथिका, ग्रोसरी स्टोरमा ग्राहकतिर अनुहार फर्काएर काम गर्नुपर्ने, अग्नीनियन्त्रक, प्रहरी, जनसुरक्षा संचारमा काम गर्ने, कोर्ट अफिसर, जेलमा काम गर्ने, शिक्षण संस्था र चाइल्ड केयरमा काम गर्ने, सार्वजनिक यातायातमा काम गर्ने, होमलेस सेल्टरमा रहने व्यक्ति हुनुहुन्छ भने भ्याक्सिनका लागि अनलाइनबाट अप्वाइन्टमेन्ट लिन सक्नुहुनेछ ।

त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।

तपाईले आफ्नो जिपकोड हालिसकेपछि भ्याक्सिन वितरण भइरहेका स्थानहरु देख्न सक्नुहुनेछ । आफूलाई पायक पर्ने स्थान छानेर अप्वाइन्टमेन्ट तय गर्न सक्नुहुनेछ ।

तपाईले अप्वाइन्टमेन्ट लिंदा आफ्नो कार्यस्थलको नाम, फोन नम्बर लगायतका विवरणहरु भर्नुपर्नेछ भने तपाईलाई भ्याक्सिन दिने बेलामा आईडीसमेत चेक गरिनेछ ।

फार्मेसीहरु र अन्य हेल्थ सेन्टरको तुलनामा न्युयोर्क सिटी हेल्थ र अस्पताल अन्तरगतका स्वास्थ्य संस्थाहरुमा अप्वाइन्टमेन्ट पाउन सहज हुनेछ ।

 

अहिलेसम्म अमेरिकामा झण्डै ९३ लाखले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com