६ सय मिलियन डलरको मेगा मिलियन चिठ्ठा आज खोलिदै, भोलि ५५० मिलियन डलरको पावरबल


प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

❒ इतिहासमा नै चौथोपटक मेगा मिलियन ६ सय मिलियन डलर

❒ आज कसैलाई यो चिठ्ठामा ज्याकपट परेमा ६ सय मिलियन अमेरिकी डलर प्राप्त गर्ने, एकमुष्ठ नगद लिन चाहेमा झण्डै ४ सय ४२ मिलियन लिन सकिने

❒ पावरबल चिठ्ठा ५५० मिलियन डलर, भोलि बुधबार खोलिने

खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

अमेरिकामा ६ सय मिलियन डलरको मेगा मिलियन ज्याकपट आज खोलिने भएको छ । इतिहासमा नै चौथोपटक मेगा मिलियन ६ सय मिलियन डलर पुगेको हो । गत शुक्रबार राती कसैलाई नपरेपछि आज मंगलबार राती अर्को चिठ्ठा खोल्न लागिएको हो ।

आज मंगलबार कसैलाई यो चिठ्ठामा ज्याकपट परेमा ६ सय मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । एकमुष्ठ नगद लिन चाहेमा झण्डै ४ सय ४२ मिलियन लिन सकिनेछ ।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

त्यस्तै अमेरिकाको पावरबल चिठ्ठा पनि शनिबार कसैले नजितेपछि ५५० मिलियन डलर पुगेको छ । अर्को चिठ्ठा भोलि बुधबार खोलिने भएको छ ।

बुधबार कसैलाई चिठ्ठा परेमा उक्त व्यक्तिले ५५० मिलियन डलर प्राप्त गर्न सक्नेछन् । एकैपटक नगदमा लिएमा झण्डै ४११ मिलियन डलर प्राप्त हुनेछ ।

पावरबल यति धेरै भएको सन् २०१९ को मार्चपछि पहिलोपटक हो भने पावरबलको इतिहासमा नै नवौं पटक हो । पावरबल ज्याकपट अन्तिमपटक गत सेप्टेम्बर १६ मा न्युयोर्कमा परेको थियो ।

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com