ट्रम्पलाई २५ औं संसोधन लगाएर हटाउने प्रस्तावमा आज मतदान, महाअभियोगमा मतदान भोलि


प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

❒ ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संसोधन लगाएर ह्वाइटहाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आव्हान गर्ने प्रस्तावमाथि प्रतिनिधिसभामा मतदान हुने अपेक्षा

❒  ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभामा बुधबार मतदान हुने

❒  ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाअभियोग प्रस्ताव

खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

 

आज डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संसोधन लगाएर ह्वाइटहाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आव्हान गर्ने प्रस्तावमाथि प्रतिनिधिसभामा मतदान हुने अपेक्षा गरिएको छ । त्यसअगाडि प्रतिनिधिसभाको नियमन समितिले प्रस्तावमाथि सुनुवाई गरेको छ ।

जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगाफसादका लागि राष्ट्रपति ट्रम्पले उक्साएको भन्दै ट्रम्पलाई जनवरी २० अगाडि नै हटाउन यो प्रस्ताव ल्याइएको हो । २५ औं संसोधनले राष्ट्रपति काम गर्न अक्षम भएको अवस्थामा उनलाई हटाएर उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिका रुपमा काम गर्न सक्ने व्यवस्था गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्तावको पूर्ण पाठ

२५ औं संसोधनको प्रयोग गरेर ट्रम्पलाई हटाउन पेन्सलाई आग्रह गर्नेहरुको संख्या बढिरहँदा हिजो प्रतिनिधिसभामा यो प्रस्ताव पेश गरिएको थियो ।
हिजोको बैठकमा यो प्रस्ताव निर्विरोध पारित गराउनका लागि पेश गरिएपनि रिपब्लिकन सांसदको आपत्तिपछि निर्विरोध हुन सकेको थिएन ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभामा बुधबार मतदान हुने भएको छ । महाअभियोग प्रस्तावबारेको छलफल र मतदानका लागि बुधबार विहान ९ बजे प्रतिनिधिसभाको बैठक बस्ने जनाइएको छ ।

ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावको पाठ सार्वजनिक गरिसकिएको छ । विद्रोहका लागि उत्तेजना फैलाएको अभियोगसहितको महाअभियोग प्रस्तावको पूर्ण पाठ सार्वजनिक गरिएको हो ।

महाअभियोग प्रस्तावको पूर्ण पाठ

ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाअभियोग प्रस्ताव ल्याइएको छ । बुधबार यसको प्रकृया अगाडि बढाउने क्रममा क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com