कार्यकाल सकिएको भन्दै विदेश मन्त्रालयको वेवसाइटबाट हटाइयो ट्रम्पको बायोग्राफी


प्रकाशित मिति : पुस २७, २०७७ सोमबार

अमेरिकी विदेश मन्त्रालयका वेवसाइट अपडेटमा काम गर्ने कर्मचारीले विदेश मन्त्रालयको बायोग्राफी पेजमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको बायोग्राफी हटाएर उनीहरु दुबैको कार्यकाल जनवरी ११ मा सकिएको उल्लेख गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कार्यकाल जनवरी २० मा समाप्त हुँदैछ ।

ट्रम्पको कार्यकाल जनवरी ११ को बेलुका ७ बजेर ४० मिनेट ७ सेकेण्ड जाँदा र माइक पेन्सको कार्यकाल जनवरी ११ को बेलुका ७ बजेर ४५ मिनेट १५ सेकेण्ड जाँदा समाप्त भएको वेवसाइटमा लेखिएको थियो । कुन कर्मचारीले के कारणले यस्तो लेखे भन्ने सन्दर्भमा अनुसन्धान भइरहेको छ । पछि उक्त पेज नै हटाउनुपर्ने अवस्था आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com