वासिंटन डिसीमा संकटकाल घोषणा


प्रकाशित मिति : पुस २७, २०७७ सोमबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहणमा हिंशा भड्किनसक्ने जोखिमलाई मध्यनजर गरेर वासिंटन डिसीमा संकटकाल घोषणालाई डोनाल्ड ट्रम्पले स्वीकृति प्रदान गरेका छन् । सपथग्रहणको दिनमा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर ट्रम्पले संकटकालको घोषणा स्वीकृत गरेका हुन् ।

ह्वाइट हाउसका तर्फबाट आज साँझ जारी गरिएको वक्तब्यमा वासिंटन डिसी क्षेत्रमा संकटकालिन अवस्था विद्यमान रहेको र संकटकालिन अवस्थाका कारण वासिंटन डिसीमा संघीय सहायता परिचालनको अनुमति दिइएको उल्लेख गरिएको छ । जनवरी ११ देखि २४ सम्म संकटकालको घोषणा गरिएको हो ।

वासिंटन डिसीकी मेयरले आइतबार राष्ट्रपति ट्रम्पलाई पत्र लेखेर संकटकालको घोषणा स्वीकृत गर्न आग्रह गरेकी थिइन् । संकटकालको घोषणापछि अब बाइडेनको सपथग्रहण समारोहका लागि सुरक्षालाई ध्यानमा राखेर संघीय सरकारबाट अतिरिक्त सहायता प्राप्त हुनेछ ।

जनवरी २४ सम्मका लागि वासिंटन डिसीमा सेनाको सहायता पनि मागिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको सपथलाई निशाना बनाएर अमेरिकामा ५० राज्यमा सशस्त्र प्रदर्शनको तयारी भइरहेको एफबीआईएले जनाएको ससाचार आए लगत्तै संकटकालको घोषणा स्वीकृत गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिंटन डिसीमा रहेको क्यापिटल हिल र ५० वटै राज्यमा रहेका संसद भवनमा १६ जनवरीदेखि २० जनवरीसम्म प्रदर्शनको तयारी भइरहेको एफबीआईएको बुलेटिनमा उल्लेख गरिएको हो ।

सपथग्रहण समारोहका लागि सुरक्षा व्यवस्था कडा बनाइरहँदा यो खबर आएको हो । संघीय, राज्य र स्थानीय स्तरका सुरक्षा निकायहरुले जनवरी २० लाई लक्ष्यीत गरेर सुरक्षा व्यवस्था कडा बनाएका छन् । डोनाल्ड ट्रम्पलाई जनवरी २० भन्दा अगाडि नै २५ औं ससोधन लगाएर हटाइएको खण्डमा सशस्त्र प्रदर्शन अझ बढाउने तयारी भएको एफबीआईएको बुलेटिनमा उल्लेख छ ।

जनवरी ८ मा केही समुहहरुबाट ट्रम्पलाई जनवरी २० अगाडि हटाए राज्य, स्थानीय र संघीय स्तरका संसदहरुमा दंगा मच्याउने आव्हान गरिएकोबारे सुचना प्राप्त गरेको एफबीआईएले जनाएको हो । सपथग्रहण अगाडि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई क्षति गर्ने खालका धम्की र जोखिमहरुको पनि अवलोकन गरिरहेको एफबीआईएले जनाएको छ । साथै केही रिपोर्टहरु नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस र हाउस स्पीकर न्यान्सी पेलोसीलाई नोक्सान गर्ने खालका समेत रहेको जनाइएको छ ।

प्रदर्शनकारीहरुले अन्य सरकारी भवनमा क्षति पुर्याउने योजना समेत बनाएको जनाइएको छ । खासगरी जनवरी २० लाई लक्ष्यीत गरेर सबै राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइदै गएपनि सबै राज्यमा प्रदर्शन हुने अपेक्षा भने गरिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com