बाइडेनको सपथसम्म ५० वटै राज्यमा सशस्त्र दंगाफसादको तयारी भइरहेको एफबीआईएको खुलासा


प्रकाशित मिति : पुस २७, २०७७ सोमबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको सपथलाई निशाना बनाएर अमेरिकामा ५० राज्यमा सशस्त्र प्रदर्शनको तयारी भइरहेको एफबीआईएले जनाएको छ । वासिंटन डिसीमा रहेको क्यापिटल हिल र ५० वटै राज्यमा रहेका संसद भवनमा १६ जनवरीदेखि २० जनवरीसम्म प्रदर्शनको तयारी भइरहेको एफबीआईएको बुलेटिनमा उल्लेख गरिएको हो ।

सपथग्रहण समारोहका लागि सुरक्षा व्यवस्था कडा बनाइरहँदा यो खबर आएको हो । संघीय, राज्य र स्थानीय स्तरका सुरक्षा निकायहरुले जनवरी २० लाई लक्ष्यीत गरेर सुरक्षा व्यवस्था कडा बनाएका छन् । डोनाल्ड ट्रम्पलाई जनवरी २० भन्दा अगाडि नै २५ औं ससोधन लगाएर हटाइएको खण्डमा सशस्त्र प्रदर्शन अझ बढाउने तयारी भएको एफबीआईएको बुलेटिनमा उल्लेख छ ।

जनवरी ८ मा केही समुहहरुबाट ट्रम्पलाई जनवरी २० अगाडि हटाए राज्य, स्थानीय र संघीय स्तरका संसदहरुमा दंगा मच्याउने आव्हान गरिएकोबारे सुचना प्राप्त गरेको एफबीआईएले जनाएको हो । सपथग्रहण अगाडि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई क्षति गर्ने खालका धम्की र जोखिमहरुको पनि अवलोकन गरिरहेको एफबीआईएले जनाएको छ । साथै केही रिपोर्टहरु नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस र हाउस स्पीकर न्यान्सी पेलोसीलाई नोक्सान गर्ने खालका समेत रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदर्शनकारीहरुले अन्य सरकारी भवनमा क्षति पुर्याउने योजना समेत बनाएको जनाइएको छ । खासगरी जनवरी २० लाई लक्ष्यीत गरेर सबै राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइदै गएपनि सबै राज्यमा प्रदर्शन हुने अपेक्षा भने गरिएको छैन ।

जनवरी ६ को प्रदर्शनका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । संसद भवनमा दंगाफसाद गर्ने कैयन पक्राउ परेका छन् भने कैयनबिरुद्ध संघीय अपराधको आरोप लगाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com