होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरी चाड उल्फबाट राजिनामा


प्रकाशित मिति : पुस २७, २०७७ सोमबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरी चाड उल्फले राजिनामा दिएका छन् । सोमबार डिपार्टमेन्टसमक्ष बुझाएको पत्रमा उनले राजिनामा दिएको जनाएका छन् ।

उनलाई डोनाल्ड ट्रम्पले सन् २०१९ को नोभेम्बर १३ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको कार्यवाहक सेक्रेटरी नियुक्त गरेका थिए । क्यापिटल हिलमा दंगापछि ट्रम्पका अन्य केही मन्त्रीहरुले राजिनामा दिएको सन्दर्भमा चाड उल्फको राजिनामा आएको हो ।

यसअगाडि ट्रम्पका यातायात र शिक्षामन्त्रीले पनि राजिनामा दिइसकेका छन् । चाड उल्फ ट्रम्पको मन्त्रिपरिषद्का सदस्य हुन् । गत साता ह्वाइट हाउसले उल्फको पूर्ण होमल्याण्ड सेक्युरिटीको सेक्रेटरीको नोमिनेशन फिर्ता गरेको थियो ।

आजराती ११ बजे ५९ मिनेटपछि आफू उक्त जिम्मेबारीबाट हट्ने उल्फले आफ्नो विभागलाई लेखेको पत्रमा उल्लेख छ । यो प्रशासनको अन्त्यसम्म नै काम गर्ने आफ्नो इच्छा हुँदाहुँदै पनि यो कदम चाल्नुपरेकोमा आफू दुखी भएको उनले बताएका छन् । उनको स्थानमा अब फेमाका प्रशाशक पिट गेनरले काम गर्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com