ट्रम्पलाई हटाउन प्रतिनिधिसभामा प्रस्ताव, १० मिनेटमै बैठक स्थगीत


प्रकाशित मिति : पुस २७, २०७७ सोमबार

डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संसोधन लगाएर ह्वाइटहाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आव्हान गर्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश गरिएको छ । तर वेष्ट भर्जिर्नियाका रिपब्लिकन सांसदले आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक सुरु भएको १० मिनेटमा नै स्थगित भएको छ ।

११ बजेर १ सेकेण्ड जाँदा सुरु भएको बैठक ११ बजेर १० मिनेट ५९ सेकेण्ड जाँदा स्थगित गरिएको हो । आज स्पीकर न्यान्सी पेलोसीको अनुपस्थीतिमा स्पीकरको काम गर्नका लागि डेबी डिंगललाई तोकिएको थियो ।

राष्ट्रपति काम गर्न अक्षम भएको अवस्थामा उपराष्ट्रपतिले क्याबिनेटको बैठक बोलाएर बहुमतको निर्णयलाई राष्ट्रपतिलाई हटाउन सक्ने प्रावधान २५ औं संसोधनमा रहेको छ । जसको प्रयोग गरेर ट्रम्पलाई हटाउन पेन्सलाई आग्रह गर्नेहरुको संख्या बढिरहँदा प्रतिनिधिसभामा यो प्रस्ताव पेश गरिएको थियो ।

प्रस्तावको पूर्ण पाठ

आजको बैठकमा यो प्रस्ताव निर्विरोध पारित गराउनका लागि पेश गरिएको थियो । कुनै पनि सांसदले असहमति जनाएको खण्डमा निर्विरोध पारित हुन नसक्ने भएकाले रिपब्लिकन सांसदको आपत्तिपछि आजको प्रकृया समाप्त भएको हो । अब प्रतिनिधिसभाको बैठक भोलि विहान ९ बजे बस्ने भएको छ ।

यसैबीच डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावको पाठ समेत सार्वजनिक गरिएको छ । विद्रोहका लागि उत्तेजना फैलाएको अभियोगसहितको महाअभियोग प्रस्तावको पूर्ण पाठ सार्वजनिक गरिएको हो ।

महाअभियोग प्रस्तावको पूर्ण पाठ

यो प्रस्तावमा संसदमा यसैसाता मतदान हुने अपेक्षा गरिएको छ । ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाअभियोग प्रस्ताव ल्याइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com