टेक्सासमा भएको कार दुर्घटनामा एक नेपाली महिलाको मृत्यु


प्रकाशित मिति : पुस २६, २०७७ आईतबार

टेक्सासमा भएको दुर्घटनामा मृत्यु हुने र घाइते हुने नेपाली भएको पुष्टी भएको छ । बिहिबार राती भएको दुर्घटना एकजना नेपाली महिलाको मृत्यु भएको छ भने चालक ४९ बर्षका विष्णुप्रसाद पौडेल घाइते भएका छन् ।

घाइतेको नजिकको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुईवटा गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ । अर्को गाडीमा रहेका ४५ बर्षका थाओ ली नामका व्यक्ति घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

दुईवटा गाडीहरु एक आपसमा ठोकिदा आगो लागेको थियो । बाटोको मध्यभागमा दुर्घटना भएको जनाइएको छ । सान एन्जेलोदेखि ८ माइल उत्तर युएस हाइवे २७७ मा दुर्घटना भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीहरु चढेको गाडी दक्षिणतर्फ गइरहेको र अर्को गाडी उत्तरतर्फ आइरहेको टेक्सासको जनसुरक्षा विभागले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने महिला अनिता अधिकारी रहेको जानकारी दिदै क्यालिफोर्निया निवासी रमेश शिलवालले श्रद्धाञ्जली व्यक्त गरेका छन् । घटनाबारे परिवारलाई जानकारी भइसकेको पनि उनले जनाएका छन् ।

शिलवालले खसोखाससँग भने – ‘केहीदिन अगाडिमात्र हाम्रो कुराकानी भएको थियो । अहिले यो घटना भएको खबरले स्तब्ध छौं ।’

आफूले मृतक अधिकारीका मामा लोकबहादुर पाण्डेसँग कुराकानी गरिरहेको र थप जानकारी लिने प्रयास गरिरहेको शिलवालले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com