पावरबल चिठ्ठा ५५० मिलियन डलर, मेगा मिलियन पुग्यो ६ सय मिलियन डलर


प्रकाशित मिति : पुस २६, २०७७ आईतबार

अमेरिकाको पावरबल चिठ्ठा शनिबार पनि कसैले नजितेपछि ५५० मिलियन डलर पुगेको छ । अर्को चिठ्ठा जनवरी १३ बुधबार खोलिने भएको छ ।

बुधबार कसैलाई चिठ्ठा परेमा उक्त व्यक्तिले ५५० मिलियन डलर प्राप्त गर्न सक्नेछन् । एकैपटक नगदमा लिएमा झण्डै ४११ मिलियन डलर प्राप्त हुनेछ ।

पावरबल यति धेरै भएको सन् २०१९ को मार्चपछि पहिलोपटक हो भने पावरबलको इतिहासमा नै नवौं पटक हो । पावरबल ज्याकपट अन्तिमपटक गत सेप्टेम्बर १६ मा न्युयोर्कमा परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

त्यस्तै मेगा मिलियन ज्याकपट अझ धेरै भएको छ । इतिहासमा नै चौथोपटक मेगा मिलियन ६ सय मिलियन डलर पुगेको छ । शुक्रबार राती कसैलाई नपरेपछि अब मंगलबार अर्को चिठ्ठा खोलिनेछ ।

मंगलबार कसैलाई यो चिठ्ठामा ज्याकपट परेमा ६ सय मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । एकमुष्ठ नगद लिन चाहेमा झण्डै ४ सय ४२ मिलियन लिन सकिनेछ ।

पावरबल चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com