बुस, क्लीन्टन र ओबामासहित उपराष्ट्रपति पेन्स बाइडेनको सपथग्रहणमा उपस्थीत हुने


प्रकाशित मिति : पुस २५, २०७७ शनिबार

जनवरी २० मा पदावधी सकिन लागेका उपराष्ट्रपति माइक पेन्स नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहमा उपस्थीत हुने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथग्रहण समारोहमा उपस्थीत नहुने बताइसकेका छन् ।

जनवरी ६ मा क्यापिटल हिलमा हुलदंगा हुँदा माइक पेन्स र उनको परिवारलाई क्यापिटल हिलमा रहेको बंकरमा लगिएको थियो । त्यतीबेला राष्ट्रपति ट्रम्पले उनीहरु सुरक्षित भए नभएको समेत बुझ्ने प्रयास नगरेको जनाइएको छ । माइक पेन्सलाई झुण्डाउनुपर्ने भन्दै नारा लगाउनेको समेत ट्रम्पले निन्दा गरेनन् ।

बाइडेनले माइक पेन्सलाई आफ्नो सपथग्रहण समारोहमा स्वागत गरिएको बताएका छन् । साथै पेन्सलाई आफ्नो सपथग्रहणमा पाएको खण्डमा आफू गौरवान्वीत हुने बाइडेनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्व राष्ट्रपति बराक ओबामा र बिल क्लिन्टनले पनि बाइडेनको सपथग्रहण समारोहमा उपस्थीत हुने बताइसकेका छन् । पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुस पनि सथग्रहण समारोहमा जाने भएका छन् ।

त्यस्तै हिलारी क्लिन्टन, लोरा बुस र मिशेल ओबामा पनि सपथग्रहण समारोहमा उपस्थीत हुने भएका छन् । ९६ बर्षका पूर्व राष्ट्रपति जिम्मी कार्टर भने स्वास्थ्य समस्याका कारण यात्रा गर्न असम्भव भएकाले त्यहाँ उपस्थीत नहुने भएका छन् ।

नवनिर्वाचित राष्ट्रपतिको सपथग्रहणमा पूर्व राष्ट्रपति उपस्थीत हुने परम्परा रहेपनि बाध्यकारी भने छैन । डोनाल्ड ट्रम्पको सपथग्रहण समारोहमा पूर्व राष्ट्रपति बराक ओबामा उपस्थीत भएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com