राँगाको जस्तो सिंग भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने व्यक्ति हिराशतमा


प्रकाशित मिति : पुस २५, २०७७ शनिबार

राँगाको जस्तो सिंग भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने व्यक्तिलाई हिराशतमा लिइएको छ । उनी आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअननका प्रमुख अनुयायी रहेको पुष्टी भएको छ ।

इन्टरनेटको आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअनन गत अगस्तमा अमेरिकन मुलधारमा आएको थियो । इन्टरनेट समुदायभित्र यो आन्दोलन बर्षौदेखि रहदै आएको थियो भने सामाजिक अस्थीरता र कोरोनाको महामारीका बीच यो चर्चामा आएको थियो ।

राँगाको जस्तो सिंग भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने ती व्यक्ति ज्याकोब एन्थोनी चान्सले रहेको पुष्टी भएको छ, जसलाई ज्याक एन्जेलीका रुपमा चिनिदै आएको छ । उनले आफूलाई ‘क्युअनन जादूगर’का रुपमा चिनाउदै आएका छन् । उनी बुधबार अनुहार पेन्ट गरेर राँगाको जस्तो सिंग भएको भुत्ले टोपीसहित अनाधिकृत रुपमा संसद भवन छिरेका थिए ।

उनी भाला बोकेर त्यहाँ छिरेको र भालाको धारमुनी अमेरिकन झण्डा लगाएको वासिंटन डिसीका संघीय एटोर्नीले जनाएका छन् । अमेरिकामा क्युअननका समर्थकहरु झण्डै एकलाख भएको अनुमान गरिएको छ । बुधबारको दंगामा उनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

के हो क्युअनन ?

क्युअनन सिद्धान्तले अमेरिकाका शक्तिशाली व्यक्तिले बालबालिकाहरुलाई उनीहरुको रगत वा यौनशोषणका लागि बन्धक बनाएको कुरा शशक्त ढंगले विश्वास गर्छ । त्यसबिरुद्धको कारवाहीलाई नैतिक आवश्यकता ठान्दछ । एफबीआईले यो आन्दोलनलाई घरेलु आतंकको जोखिमका रुपमा हेरेको छ ।

यो सिद्धान्तले सरकार, मिडिया र ब्यापारका क्षेत्रमा रहेका समृद्ध व्यक्तिहरु जसले बालबालिकाहरुलाई यौन शोषणका लागि बन्धक बनाउनुका साथै उनीहरुको रगतले शैतानको पूजा गर्दै आएको र उनीहरुकाबिरुद्ध ट्रम्पले गोप्य युद्ध सुरुवात गरेको विश्वास गर्छ । जुन सिद्धान्त आधारहीन र अविश्वसनीय रहेको छ ।

यो लडाईले राष्ट्रपति उम्मेदबार हिलारी क्लिन्टन लगायतका चर्चित व्यक्तिहरुलाई पक्राउ गरेर मारिने दिन निम्त्याउने क्युअननका अनुयायीहरु विश्वास गर्छन् । सन् २०१७ को अक्टोबरमा एकजना अज्ञात व्यक्तिले श्रृंखलाबद्ध पोष्टहरु गरेपछि यसको सुरुवात भएको थियो ।

सामाजिक सञ्जालहरुले यस्तो षड्यन्त्रको सिद्धान्तलाई निरुत्साहन गर्दै आएका छन् भने ठूला सामाजिक सञ्जालहरुले यसबारेका सामाग्रीहरुलाई नियन्त्रण गर्नुका साथै उक्त आन्दोलनलाई समर्थन गर्ने सामाग्री र भिडियोहरु समेत हटाएका छन् ।

पेलोसीको पोडियम बोकेर हिड्ने र अफिसमा टेबुलमाथि खुट्टा राख्ने दुबै पक्राउ

क्यापिटल हिलमा हाउस स्पीकर न्यान्सी पेलोसीको पोडियम बोकेर हिड्ने र पेलोसीको अफिसमा टेबुलमा खुट्टा राखेर फोटो खिच्ने दुबै विध्वंशकारीहरु पक्राउ परेका छन् । पेलोसीको पोडियम बोकेर हिड्ने आदम जोन्सन नामको व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको हो ।

३६ बर्षका ती व्यक्तिले क्यापिल हिलमा अनाधिकृत क्षेत्रमा प्रवेश गरेको, क्षति गरेको लगायतका अभियोगहरुको सामना गर्ने जनाइएको छ । उनलाई पिनालस काउन्टी जेलमा राखिएको जनाइएको छ । उनलाई डिपार्टमेन्ट अफ जस्टिसको आग्रहमा पक्राउ गरिएको हो ।

त्यस्तै यसअगाडि पेलोसीको अफिसमा गएर टेबुलमा खुट्टा राखेर तस्वीर खिच्ने ६० बर्षका रिचार्ड बर्नेटलाई पनि पक्राउ परिसकेका छन् । उनलाई अर्कान्सासमा पक्राउ गरेर संघीय अभियोगहरु लगाइएको छ । उनीबिरुद्ध निषेधित क्षेत्रमा प्रवेश, हिंशात्मक प्रवेश, सरकारी सम्पत्तिको चोरी लगायतका अभियोगहरु लगाइएको छ ।

उनलाई अर्कान्सासको वासिंटन काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ । पेलोसीको अफिसमा गएर केही पत्रहरु चोर्नुका साथै पेलोसीको अफिसमा २५ सेन्टस छाडेका आएका थिए ।

क्यापिटल हिलको हिंशात्मक प्रदर्शनमा सहभागी ८२ जना अहिलेसम्म पक्राउ परेका छन् ।

जनवरी ६ मा क्यापिलट हिलमा भएको हिंशात्मक घटनामा अहिलेसम्म ५ जनाको ज्यान गइसकेको छ । ड्युटीमा रहेका बेला घाइते भएका एकजना प्रहरी अधिकारीको मृत्यु भएको छ भने क्यापिटल हिल छिर्ने क्रममा प्रहरीको गोली लागेकी महिलाको मृत्यु भएको छ । अन्य तीनजनाको प्रदर्शनका क्रममा आएको स्वास्थ्य समस्याका कारण मृत्यु भएको छ ।

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com