पेलोसीको पोडियम बोकेर हिड्ने र अफिसमा टेबुलमाथि खुट्टा राख्ने दुबै पक्राउ
प्रकाशित मिति : पुस २५, २०७७ शनिबार
क्यापिटल हिलमा हाउस स्पीकर न्यान्सी पेलोसीको पोडियम बोकेर हिड्ने र पेलोसीको अफिसमा टेबुलमा खुट्टा राखेर फोटो खिच्ने दुबै विध्वंशकारीहरु पक्राउ परेका छन् । पेलोसीको पोडियम बोकेर हिड्ने आदम जोन्सन नामको व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको हो ।
३६ बर्षका ती व्यक्तिले क्यापिल हिलमा अनाधिकृत क्षेत्रमा प्रवेश गरेको, क्षति गरेको लगायतका अभियोगहरुको सामना गर्ने जनाइएको छ । उनलाई पिनालस काउन्टी जेलमा राखिएको जनाइएको छ । उनलाई डिपार्टमेन्ट अफ जस्टिसको आग्रहमा पक्राउ गरिएको हो ।
त्यस्तै यसअगाडि पेलोसीको अफिसमा गएर टेबुलमा खुट्टा राखेर तस्वीर खिच्ने ६० बर्षका रिचार्ड बर्नेटलाई पनि पक्राउ परिसकेका छन् । उनलाई अर्कान्सासमा पक्राउ गरेर संघीय अभियोगहरु लगाइएको छ । उनीबिरुद्ध निषेधित क्षेत्रमा प्रवेश, हिंशात्मक प्रवेश, सरकारी सम्पत्तिको चोरी लगायतका अभियोगहरु लगाइएको छ ।
उनलाई अर्कान्सासको वासिंटन काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ । पेलोसीको अफिसमा गएर केही पत्रहरु चोर्नुका साथै पेलोसीको अफिसमा २५ सेन्टस छाडेका आएका थिए ।
क्यापिटल हिलको हिंशात्मक प्रदर्शनमा सहभागी ८२ जना अहिलेसम्म पक्राउ परेका छन् ।
जनवरी ६ मा क्यापिलट हिलमा भएको हिंशात्मक घटनामा अहिलेसम्म ५ जनाको ज्यान गइसकेको छ । ड्युटीमा रहेका बेला घाइते भएका एकजना प्रहरी अधिकारीको मृत्यु भएको छ भने क्यापिटल हिल छिर्ने क्रममा प्रहरीको गोली लागेकी महिलाको मृत्यु भएको छ । अन्य तीनजनाको प्रदर्शनका क्रममा आएको स्वास्थ्य समस्याका कारण मृत्यु भएको छ ।