व्यक्तिगत एकाउन्ट खारेजीपछि ट्रम्पले गरे सरकारी एकाउन्टबाट ट्वीट, ट्वीटरबाट तुरुन्तै डिलिट


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

व्यक्तिगत एकाउन्ट खारेजीपछि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको एकाउन्टबाट ४ वटा ट्वीट गरेका छन् । तर ट्वीटरले ती ट्वीटहरु तुरुन्तै डिलिट गरिदिएको छ । ट्रम्पले राष्ट्रपतिको एकाउन्टबाट ट्वीट गर्दै निकट भविश्यमा आफ्नै प्लेटफर्म बनाउने सम्भावनाबारे उल्लेख गरेका थिए ।

उनले ट्वीटरलाई नै धम्की दिदै गरेको ट्वीटमा उनले ट्वीटरले वाक स्वतन्त्रतामाथिको प्रतिबन्धमा निकै अगाडि बढेको बताएका थिए । ट्रम्पले अर्को एकाउन्ट प्रयोग गरेर प्रतिबन्ध छल्न नसक्ने ट्वीटरले बताएको थियो । जस अनुशार राष्ट्रपतिका एकाउन्टबाट गरिएका ट्वीट पनि ट्वीटरले डिलिट गरिदिएको छ ।

ट्रम्पले गैर सरकारी एकाउन्टको प्रयोग गर्न खोजेमा वा अर्को एकाउन्ट बनाएमा पत्ता लाग्नासाथ खारेज गरिने पनि ट्वीटरले जनाएको छ ।

ट्वीटरले शुक्रबार बेलुका डोनाल्ड ट्रम्पको व्यक्तिगत एकाउन्ट (@realDonaldTrump)सधैका लागि खारेज गरेको हो । हिंशाका लागि उत्तेजना फैलाउन सक्ने देखिएको भन्दै ट्वीटरले ट्रपको एकाउन्ट खारेज गरिएको ट्वीटरले जनाएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

बुधबार ट्वीटरले ट्रम्पको खाता १२ घण्टाका लागि फ्रिज गरिदिएको थियो । अतिरिक्त नियमको उल्लंघन भएको खण्डमा सधैका लागि खाता खारेज गरिदिने चेतावनी समेत दिएको थियो ।

ट्वीटरले यसबारेमा विस्तृत ब्लग समेत प्रकाशि गरेको छ ।

ट्रम्पले शुक्रबार दुईवटा ट्वीट गरेलगत्तै ट्वीटरको निर्णय आएको हो । पहिलो ट्वीट ट्रम्पका समर्थकहरुका लागि रहेको थियो । जसमा उनले भनेका थिए -‘७५ मिलियन मलाई मतदान गर्ने अमेरिकन देशभक्तहरु, अमेरिका फस्ट र मेक अमेरिका ग्रेट अगेनसँग भविश्यमा निकै ठूलो आवाज हुनेछ । तिनीहरुको आकार, प्रकार र स्वरुपमा अनादर र अनुचित व्यवहार गरिने छैन ।’

त्यसपछि ट्रम्पले अर्को ट्वीटमा ट्रम्पले जो बाइडेनको शपथ ग्रहण समारोहमा उपस्थीत नहुने बताएका थिए । उनले भनेका थिए – ‘जसले सोधेका छन् जी सबैका लागि जानकारी दिन चाहन्छु कि म जनवरी २० मा हुने सपथग्रहणमा जानेछैन ।’

ट्रम्पको यो एकाउन्टमा ८८ दशमलव ७ मिलिन फ्लोअरहरु रहेका थिए ।

डेस्कटपबाट हेर्दा ट्रम्पको ट्वीटर एकाउन्ट

ट्रम्पले सपथग्रहण समारोहमा नजाने कुरा बताउँदा त्यसबाट हिंशा गर्न चाहनेहरुका लागि सुरक्षित निशाना हुनसक्ने व्याख्या ट्वीटरले गरेको छ । ट्रम्प उपस्थीत नभएपछि ट्रम्पका समर्थकहरुले उक्त स्थललाई निशाना बनाउनसक्ने भएकाले यो ट्वीटको पनि नकारात्मक पक्ष ट्वीटरले पुनरावलोकन गरेको हो ।

नागरिक अधिकारकर्मीहरुले ट्रम्पले ट्वीटर एकाउन्टको प्रयोग गरेर घृणा फैलाएको आरोप लामो समयदेखि लगाउँदै आएका छन् । त्यस्तै ट्रम्पको ट्वीटर एकाउन्ट सधैका लागि बन्द गर्नुपर्ने माग पनि उठ्दै आएको छ ।

फेसबुकले पनि ट्रम्पको फेसबुक पेज र इन्स्टाग्राम एकाउन्ट कम्तीमा जनवरी २० सम्मका लागि लक गरिदिएको छ । ट्रम्पले जनवरी २० सम्म त्यहाँ कुनै पोष्ट गर्न पाउनेछैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com