ट्वीटरबाट ट्रम्पको एकाउन्ट स्थायी रुपमा खारेज
प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार
ट्वीटरले डोनाल्ड ट्रम्पको व्यक्तिगत एकाउन्ट (@realDonaldTrump)सधैका लागि खारेज गरेको छ । हिंशाका लागि उत्तेजना फैलाउन सक्ने देखिएको भन्दै ट्वीटरले ट्रपको एकाउन्ट खारेज गरिएको ट्वीटरले जनाएको छ ।
बुधबार ट्वीटरले ट्रम्पको खाता १२ घण्टाका लागि फ्रिज गरिदिएको थियो । अतिरिक्त नियमको उल्लंघन भएको खण्डमा सधैका लागि खाता खारेज गरिदिने चेतावनी समेत दिएको थियो ।
ट्वीटरले यसबारेमा विस्तृत ब्लग समेत प्रकाशि गरेको छ ।
ट्रम्पले शुक्रबार दुईवटा ट्वीट गरेलगत्तै ट्वीटरको निर्णय आएको हो । पहिलो ट्वीट ट्रम्पका समर्थकहरुका लागि रहेको थियो । जसमा उनले भनेका थिए -‘७५ मिलियन मलाई मतदान गर्ने अमेरिकन देशभक्तहरु, अमेरिका फस्ट र मेक अमेरिका ग्रेट अगेनसँग भविश्यमा निकै ठूलो आवाज हुनेछ । तिनीहरुको आकार, प्रकार र स्वरुपमा अनादर र अनुचित व्यवहार गरिने छैन ।’
After close review of recent Tweets from the @realDonaldTrump account and the context around them we have permanently suspended the account due to the risk of further incitement of violence.https://t.co/CBpE1I6j8Y
— Twitter Safety (@TwitterSafety) January 8, 2021
त्यसपछि ट्रम्पले अर्को ट्वीटमा ट्रम्पले जो बाइडेनको शपथ ग्रहण समारोहमा उपस्थीत नहुने बताएका थिए । उनले भनेका थिए – ‘जसले सोधेका छन् जी सबैका लागि जानकारी दिन चाहन्छु कि म जनवरी २० मा हुने सपथग्रहणमा जानेछैन ।’
ट्रम्पको यो एकाउन्टमा ८८ दशमलव ७ मिलिन फ्लोअरहरु रहेका थिए ।
ट्रम्पले सपथग्रहण समारोहमा नजाने कुरा बताउँदा त्यसबाट हिंशा गर्न चाहनेहरुका लागि सुरक्षित निशाना हुनसक्ने व्याख्या ट्वीटरले गरेको छ । ट्रम्प उपस्थीत नभएपछि ट्रम्पका समर्थकहरुले उक्त स्थललाई निशाना बनाउनसक्ने भएकाले यो ट्वीटको पनि नकारात्मक पक्ष ट्वीटरले पुनरावलोकन गरेको हो ।
नागरिक अधिकारकर्मीहरुले ट्रम्पले ट्वीटर एकाउन्टको प्रयोग गरेर घृणा फैलाएको आरोप लामो समयदेखि लगाउँदै आएका छन् । त्यस्तै ट्रम्पको ट्वीटर एकाउन्ट सधैका लागि बन्द गर्नुपर्ने माग पनि उठ्दै आएको छ ।
फेसबुकले पनि ट्रम्पको फेसबुक पेज र इन्स्टाग्राम एकाउन्ट कम्तीमा जनवरी २० सम्मका लागि लक गरिदिएको छ । ट्रम्पले जनवरी २० सम्म त्यहाँ कुनै पोष्ट गर्न पाउनेछैनन् ।