सिनेटरमा पराजित जर्जियाका दुबै रिपब्लिकनबाट हार स्वीकार, वार्नक र ओसोफ सिनेटमा


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

सिनेट सदस्यको चुनावमा पराजित जर्जियाका दुबै रिपब्लिकनले हार स्वीकार गरेका छन् । जर्जियामा चुनावको तीनदिनपछि रिपब्लिकन उम्मेदबार डेभिड पर्डयुले आफ्नो पराजय स्वीकार गरेका छन् । उनी डेमोक्रेटिक उम्मेदबार जोन ओसोफसँग पराजित भएका थिए ।

यसअगाडि नै अर्का डेमोक्रेटिक उम्मेदबार राफल वार्नकसँग पराजित रिपब्लिकन उम्मेदबार केली लोफ्लेरले आफ्नो पराजय स्वीकार गरिसकेकी छिन् । अब जर्जियाको चुनावको परिणाम डोनाल्ड ट्रम्पकै शैलीमा विना कुनै आधार अस्वीकार नहुने भएको छ ।

जोन ओसोफ

डेभिड पर्डयुले सिनेटरको चुनावमा निर्वाचित जोन ओसोफलाई बधाई समेत दिएका छन् । नोभेम्बर ३ को चुनावमा पर्डयुले ओसोफको तुलनामा धेरै मत ल्याएका थिए । तर ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानका कारण जनवरी ५ मा अर्को चुनाव भएको थियो ।

ओसोफले जनवरी ५ को चुनावमा भने पर्डयुको तुलनामा ४५ हजार बढी भोट ल्याएका छन् । डोनाल्ड ट्रम्पलाई जर्जियामा जो बाइडेनले झण्डै १२ हजार मतलेमात्र पराजित गरेका थिए । त्यसको तुलनामा ओसोफ र पर्डयुबीचको मतको अन्तर तीनगुणाभन्दा पनि बढी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राफल वार्नक

राफल वार्नक र जोन ओसोफले जर्जियाको चुनाव प्रमाणिकरण हुने बित्तिकै सपथग्रहण गर्नेछन् । जुन काम नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ ग्रहण गर्ने दिनसम्म भइसक्ने अपेक्षा गरिएको छ ।

वार्नकले सन् २०२२ को चुनावमा पुन प्रतिस्पर्धा गर्नुपर्नेछ भने ओसोफ पूरै ६ बर्ष सिनेटमा रहनेछन् । ३३ बर्षका ओसोफ सन् १९८१ पछि अमेरिकी सिनेटरमा चुनाव जित्ने सबैभन्दा कान्छा व्यक्ति हुन् ।

राफल वार्नक जर्जियाबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने पहिलो अश्वेत अमेरिकन भएका छन् । जर्जियाबाट सन् २००४ यता सिनेटमा दुबै सदस्य रिपब्लिकनहरु रहदै आएका थिए । जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएकोमा यसपटक जो बाइडेनले जीतेका थिए ।

वार्नक र ओसोफको सपथग्रहण पछि अमेरिकाको सिनेटमा रहेका एकसय सिटमध्ये ५० सिट रिपब्लिकनका र ५० सिट डेमोक्र्याट्सका हुनेछन् । तर उपराष्ट्रपति कमला ह्यारिसले गर्ने टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण कायम हुनेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com