आफूलाई आफैले क्षमादान दिने विषयमा सहयोगी र वकिलसँग ट्रम्पको सोधपुछ


प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

दोश्रो कार्यकालका लागि पराजित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैलाई र आफ्ना छोराछोरीहरुलाई आममाफी वा क्षमादान दिने विषयमा छलफल सुरु गरेका छन् । ट्रम्पले यसबारेमा ह्वाइट हाउस काउन्सिल प्याट सिपलोनसहित आफ्ना सहयोगी र वकिलहरुलाई सोधेको जनाइएको छ ।

ट्रम्पले आफूले आफैलाई क्षमादानको अधिकार भए नभएकोबारे कानूनी राय मागेका छन् भने उनलाई यसबाट उत्पन्न हुनसक्ने राजनीतिक नतिजाबारे पनि राय दिइएको छ । राष्ट्रपति आफैले आफैलाई माफी वा क्षमादान गर्न मिल्ने वा नमिल्ने सन्दर्भमा अमेरिकन मिडियाहरुमा केही पहिलेदेखि नै बहस सुरु भएको छ ।

बाइडेनले ट्रम्प ह्वाइटहासबाट बाहिरिएपछि उनको र उनको परिवारबिरुद्ध अनुसन्धान सुरु गर्ने सम्भावनाबारे ट्रम्पले खुलेर चिन्ता व्यक्त गरेका छन् । बुधबारको प्रदर्शनमा ट्रम्पको उक्साहटका लागि ट्रम्पलाई कारवाही गर्नुपर्ने माग पनि तीब्र बन्दै गइरहेको छ ।

उपराष्ट्रपति माइक पेन्सले २५ औं संसोधनका आधारमा ट्रम्पलाई पदमुक्त नगरे अर्को महाअभियोग लगाउने हाउस स्पीकर न्यान्सी पेलोसीले चेतावनी दिएकी छिन् । राष्ट्रपति काम गर्न अयोग्य भएको खण्डमा क्याबिनेटको बहुमतले २५ औं संसोधनका आधारमा पदमुक्त गर्नसक्ने प्रावधान रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर ट्रम्पमा चिन्ता भने अहिले आफैलाई आममाफी दिनेमा बढी देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा गरेको एउटा ट्वीटमा आफूले आफैलाई माफी वा क्षमादान दिनसक्ने दावी गरेका थिए । यद्यपी यस्तो दावीको कानुनी आधार भने स्पष्ट छैन । जस्टिस डिपार्टमेन्ट अफिस अफ लिगल काउन्सिलले सन् १९७४ मा रिचर्ड निक्सनका सन्दर्भमा एउटा मेमो जारी गरेर आधारभूत नियम अनुशार आफ्नो न्यायाधिस आफै बन्न नसकिने र राष्ट्रपतिले आफूले आफैलाई माफी वा क्षमादान दिन नसकिने उल्लेख थियो ।

तर कतिपयले राष्ट्रपति आफैले आफैलाई माफी वा क्षमादान दिनसक्ने दावी समेत गरेका छन् । यद्यपी डोनाल्ड ट्रम्पले आफूले आफैलाई माफी वा क्षमादान दिएमा यसले अदालतमा कानुनी लडाईको सामना गर्नुपर्ने हुनसक्छ । र, यसबारे अदालतले निर्णय दिनुपर्ने अवस्था समेत आउनसक्छ । रिचार्ड निक्सनका पालामा निक्सनले राजिनामा दिएपछि राष्ट्रपति बनेका जेराल्ड फोर्डले निक्सनलाई माफी वा क्षमादान दिएका थिए ।

ट्रम्पले आफ्नो कार्यकालमा केही हाइप्रोफाइल व्यक्तित्वहरुलाई माफी वा क्षमादान दिइसकेका छन् ।

अमेरिकाको संविधान अनुशार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन् । त्यतीबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन् । जनवरी २० सम्म राष्ट्रपतिको शक्तिमा कुनै कटौती हुँदैन । त्यसैले ट्रम्पले राष्ट्रपतिको हैसियतमा विगतमा जे जे गर्ने अधिकार पाएका थिए, त्यो अधिकार जनवरी २० सम्म पाउनेछन् । उनी जनवरी २० सम्म कमाण्डर इन चिफ र अमेरिकाको प्रमुख कार्यकारी रहनेछन् ।

राष्ट्रपति ट्रम्पले त्यो अवधिसम्म कार्यकारी आदेश जारी गर्नेदेखि विभिन्न खाले नियुक्ती गर्न पाउने अधिकारसम्म राख्छन् ।

यस्तो अवधिमा विगतका कैयन राष्ट्रपतिहरुले कैयन व्यक्तिलाई क्षमादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थीरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले इराकमाथि हवाई हमला समेत गराएका थिए । उनले कैयनलाई क्षमादान समेत दिए ।

यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए । ओबामाले विभिन्न अपराधमा संलग्न वा संलग्न भएको आशंका रहेका २ सय बढीलाई क्षमादान दिएका थिए ।

बिल क्लीन्टनले आफ्ना भाई र एउटा राहत संकलन अभियानमा खटिएकी महिलाका पति लगायत १४० भन्दा धेरैलाई क्षमादान दिएका थिए ।

यस्तो क्षमादान अहिलेसम्म अपराधमा नमुछिएका व्यक्तिलाई समेत दिन सकिन्छ । क्षमादानपछि क्षमादानको अवधि अगाडिसम्मका अपराधका लागि उनीहरुलाई भविश्यमा समेत छुट प्राप्त हुन्छ । विगतका अपराधका कारण भविश्यमा सजाय भोग्न नपरोस् भनेर समेत क्षमादान दिइन्छ ।

क्षमादान दिन पाउने अमेरिकी राष्ट्रपति तजविज अधिकार हो । अधिकांश राष्ट्रपतिले अर्को व्यक्ति नयाँ राष्ट्रपति निर्वाचित भइसकेपछि आफू जनवरी २० सम्म ह्वाइटहाउसमा रहँदासम्म यो अधिकारको प्रयोग गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com