ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट राष्ट्रपति रहँदासम्मै लक, पोष्ट गर्न नपाउने
प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट कम्तीमा राष्ट्रपतिका रुपमा जनवरी २० सम्म ह्वाइटहाउसमा रहँदासम्म नै लक गरिएको छ । फेसबुकका सीईओ मार्क जुकरबर्गले शक्तिको शान्तिपूर्ण हस्तान्तरण पूरा नहुँदासम्म कम्तीमा दुईसाताका लागि ट्रम्पका एकाउन्टहरु लक गरिएको जनाएका छन् ।
बुधबार नै फेसबुक, ट्वीटर र युट्युबले ट्रम्पका भिडियोहरु डिलिट गरेका थिए भने फेसबुकले २४ घण्टाका लागि र ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट लक गरिदिएको थियो । अब कम्तीमा जनवरी २० सम्म ट्रम्पको एकाउन्टबाट केही पनि पोष्ट गर्न नपाइने भएको छ ।
जुकरबर्गले भनेका छन् – ‘यो अवधिमा राष्ट्रपतिलाई हाम्रा सेवाहरु निरन्तर प्रयोग गर्न दिंदा जोखिमहरु असाध्यै धेरै हुने भएकाले कम्तीमा शक्तिको शान्तिपूर्ण हस्तान्तरण पूरा नहुँदासम्म झण्डै दुईसाताका लागि राष्ट्रपतिका एकाउन्टहरु लक गरिनेछ ।’
ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट लक गर्दै नीतिको उल्लंघन गरेमा उनको एकाउन्ट स्थायी रुपमा नै खारेज गरिदिने चेतावनी दिएको थियो ।
As a result of the unprecedented and ongoing violent situation in Washington, D.C., we have required the removal of three @realDonaldTrump Tweets that were posted earlier today for repeated and severe violations of our Civic Integrity policy. https://t.co/k6OkjNG3bM
— Twitter Safety (@TwitterSafety) January 7, 2021
ट्रम्पले बुधबारका आफ्ना आक्रमक ट्वीटहरु हटाइसकेकाले बिहिबार दिउसो ३ बजेतिर ट्रम्पको एकाउन्ट अनलक हुनसक्ने ट्वीटरका एकजना प्रवक्ताले जनाएका छन् ।