‘नयाँ सिनेटरले काम थालेपछि पहिलो काम २ हजार डलरको राहत चेक’


प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

जर्जियाबाट दुबै सिटमा डेमोक्र्याट्सले जीतेपछि सिनेटमा आफ्नो नियन्त्रण कायम गर्दैगर्दा डेमोक्रेटिक सिनेटरले अमेरिकी करदाताहरुलाई २ हजार डलरको राहत चेकलाई उच्च प्राथमिकतामा राखेका छन् । जर्जियामा दुबै सिटमा डेमोक्र्याट्सले जीते लगत्तै क्यापिटल हिलमा पत्रकारसँग बोल्दै डेमोक्रेटिक सिनेटर चक शुमरले २ हजार डलरको राहत चेक उच्च प्राथमिकतामा रहेको बताए ।

शुमरले भने – ‘सहायता आउने क्रममा छ । दुईजना नयाँ सिनेटरहरु हामीलाई सहायताका लागि आउँदैछन् । नयाँ सिनेटरले काम सुरु गर्नासाथ मैले गर्न चाहेको काम २ हजार डलरको राहत चेक पठाउने हो ।’

डेमोक्र्याट्सको नियन्त्रण कायम रहेको प्रतिनिधिसभाबाट दुई हजार डलरको राहत चेक सम्बन्धि बिल पारित भएपनि रिपब्लिकनको बहुमत भएको सिनेटबाट यो पारित हुन सकेको थिएन । तर अब दुबै सदनमा डेमोक्र्याट्सको बहुमत कायम हुने र ह्वाइटहाउसमा समेत डेमोक्रेटिक राष्ट्रपति हुने अवस्थामा यो बिल पारित गर्न गाह्रो नहुने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले हस्ताक्षर गरेको पछिल्लो राहत प्याकेज अन्तरगत ६ सय डलरको राहत चेक पठाउने काम भइरहेको छ । कैयनले यो राहत चेक प्राप्त गरिसकेका छन् भने कतिपयले पाउने क्रममा रहेका छन् । तर शुमरले २ हजार डलर अतिरिक्त राहत चेक पठाउने वा ६ सय मा नै १४ सय डलर जोडेर पठाउने भन्नेबारे स्पष्ट पारेका छैनन् ।

बुधबार जर्जियाबाट दुईजना नयाँ डेमोक्रेटिक सिनेटरहरु जोन ओसोफ र राफल वार्नकको जीत घोषणा भइसकेको छ । अब सिनेटमा ५० जना डेमोक्रेटिक सिनेटर र ५० जना रिपब्लिकन सिनेटरहरु हुनेछन् । उपराष्ट्रपतिले गर्ने टाइब्रेक मतका आधारमा नियन्त्रण भने डेमोक्र्याट्सको कायम हुनेछ ।
तर फिलिबस्टर बहुमतबाट सिनेटबाट बिल पारित गर्नका लागि ६० भोटको आवश्यता हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com