अन्तत: विधिवत रुपमा बाइडेनलाई शक्ति हस्तान्तरण गर्ने ट्रम्पको प्रतिबद्धता


प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

अन्तत डोनाल्ड ट्रम्पले विधिबत रुपमा नै जो बाइडेनलाई शक्तिको हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदको संयुक्त बैठकले बिहिबार विहान ३ बजेर ४० मिनेटमा बाइडेनको जीतको औपचारिक घोषणा गरेपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् । चुनावको नतिजासँग पूर्ण असहमत भएपनि शक्तिको हस्तान्तरण विधिबत रुपमा गर्ने उनले बताए ।

कानुनी मत मात्र गणना गरिएको सुनिश्चित गर्न आफ्नो लडाई जारी राख्ने बताउँदै राष्ट्रपति पदको इतिहासमा पहिलो महान कार्यकालको अन्त्यलाई प्रतिनिधित्व गर्ने र यो अमेरिकालाई फेरि महान बनाउने लडाईको सुरुवात भएको ट्रम्पले बताए । क्यापिटल हिलमा हुलदंगा मच्याउन सफल भींडलाई उक्साउने आफ्ना गलत दावी गर्न भने ट्रम्पले छाडेनन् ।

संसदको संयुक्त बैठकमा बुधबार दिउसोदेखि सुरु भएको इलेक्टोरल मत गणनाको प्रकृया बिहिबार विहान ३ बजेर ४० मिनेट जाँदा समाप्त भएको हो । अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई रोक्ने डोनाल्ड ट्रम्प र उनका पक्षधरको अन्तिम प्रयासलाई असफल पार्दै अमेरिकी संसदको संयुक्त बैठकले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतको औपचारिक घोषणा गरेको हो । एरिजोना र पेन्सिलभेनियामा बाइडेनको जीतमा रिपब्लिकन सांसदहरुले विरोध जनाएपछि प्रकृयामा केही ढिलाई भएको थियो ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ।

एरिजोना र पेन्सिलभेनियामा बाइडेनको जीत रिपब्लिकन सांसदहरुको विरोधबारे संसदका दुबै सदनका छुट्टा छुट्टै बैठकमा छलफल गरिएको थियो । तर दुबै सदनमा भएको मतदानमा त्यस्तो विरोधलाई अस्वीकार गरिएको थियो । एरिजोनामा रिपब्लिकनको विरोधलाई सिनेटले ९३-६ र हाउसले ३०३ -१०२ ले अस्वीकार गरेको थियो । त्यस्तै पेन्सिलभेनियामा रिपब्लिकनको विरोधलाई सिनेटले ९२ -७ र हाउसले २८२ -१३८ ले अस्वीकार गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसदको दुबै सदनबाट इलेक्टोरल मतको गणना बुधबार दिउसो १ बजे सुरु भएपनि ट्रम्प पक्षधरको प्रदर्शनकारीको अवरोधका कारण राती ८ बजेसम्म प्रकृया रोकिएको थियो । त्यसपछि पुन सुरुभएको प्रकृयापछि बिहिबार विहान ३ बजेर ४० मिनेट जाँदा इलेक्टोरल मत गणना सकिएको थियो ।

त्यसपछि संयुक्त बैठकको अध्यक्षता गरेका माइक पेन्सले बाइडेनको जीत घोषणा गरेका थिए । बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको र उनीहरुको पदावधि जनवरी २० बाट सुरु हुने पेन्सले घोषणा गरे । राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसको जीत औपचारिक घोषणा गरिएपछि अब अमेरिकी राष्ट्रपति निवार्चित गर्ने सम्पूर्ण औपचारिक प्रकृया पूरा भएको छ । विहान ३ बजेर ४४ मिनेट जाँदा संसदको संयुक्त बैठक समाप्त भएको थियो ।

अब जनवरी २० मा जो बाइडेनले शपथग्रहण गर्नमात्र बाँकी रहेको छ । तर जनवरी २० सम्म भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com