जर्जियाबाट सिनेटका दुबैसिटमा डेमोक्र्याट्स विजयी, संसददेखि ह्वाइटहाउससम्म डेमोक्रेटिक नियन्त्रण


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

जर्जियाबाट सिनेटका दुबैसिटमा डेमोक्रेटिक उम्मेदबार विजयी भएका छन् । ३३ बर्षका डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले रिपब्लिकन उम्मेदबार डेभिड पर्डयुलाई पराजित गरेका छन् । अब संसदका दुबै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण कायम हुने भएको छ ।

यसअगाडि जर्जियाबाट डेमोक्रेटिक उम्मेदबार राफल वार्नकको जीत घोषणा भइसकेको छ । उनले रिपब्लिकन उम्मेदबार केली लोफ्लरलाई पराजित गरेका हुन् । अब सिनेटका १ सय सिटमा ५० सिट डेमोक्र्याट्सले र ५० सिट रिपब्लिकनले जीतेका छन् । उपराष्ट्रपतिले गर्ने टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण हुनेछ ।

ओसोफले झण्डै २४ हजार मतको अन्तरले जीतेका छन् भने वार्नकले झण्डै ६२ हजार मतले जीतेका छन् । वार्नकले सन् २०२२ को चुनावमा पुन प्रतिस्पर्धा गर्नुपर्नेछ भने ओसोफ पूरै ६ बर्ष सिनेटमा रहनेछन् ।

३३ बर्षका ओसोफ सन् १९८१ पछि अमेरिकी सिनेटरमा चुनाव जित्ने सबैभन्दा कान्छा व्यक्ति हुन् । जर्जियाबाट सन् २००४ यता सिनेटमा दुबै सदस्य रिपब्लिकनहरु रहदै आएका थिए । जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएकोमा यसपटक डेमोक्रेटिक उम्मेदबार जो बाइडेनले जीतेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको पहिलो दिन नै जो बाइडेनले अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा पठाउने योजना बनाएका छन् । बाइडेन अभियानका अधिकारीका अनुशार कागजपत्रविहिनलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने बिल संसदको तल्लो सदन प्रतिनिधिसभामा पहिले पेश गरिनेछ ।

दुबै सदनमा नियन्त्रण कायम गरेको अवस्थामा अब यो बिल पारित गर्नमा समस्या हुनेछैन ।

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने बाइडेनको योजनाले बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण गर्न प्रदान गरिएको डाका कार्यक्रमलाई पनि समेट्नेछ । डाका र टीपीएसमा रहेकालाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने यो बिलको मर्म हो ।

बिल पारित भएमा निश्चित समयभन्दा अगाडि अमेरिकामा रहेकाहरुलाई निश्चित मापदण्ड पूरा गरेपछि ग्रिनकार्डको बाटोमा लैजानसक्ने भएकाले तोकिएको समयभन्दा अगाडि आएका एसाइलम पेन्डिंग रहेकाहरुदेखि अन्य प्रकारका कागपत्रविहिनलाई पनि ग्रिनकार्डको बाटोमा जान बाटो खुल्नसक्नेछ । यद्यपी विलबारे पूरै विवरण भने सार्वजनिक भएको छैन ।

डाका कार्यक्रम तत्कालिन राष्ट्रपति बराक ओबामाले सुरु गरेका हुन् । त्यतीबेला जो बाइडेन उपराष्ट्रपति रहेका थिए । डाकाले झण्डै साढे ६ लाख बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गरेको छ । जसमा नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् । टीपीएसबाहक नेपालीहरु भने झण्डै ९ हजारको हाराहारीमा रहेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com