चुनाव जितेको डेमोक्रेटिक उम्मेदबार जोन ओसोफको घोषणा, हाई प्रोफाइल डेमोक्र्याट्सहरुको बधाई


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

जर्जियाबाट सिनेटको एउटा सिटमा डेमोक्रेटिक उम्मेदबार राफल वार्नकलाई विजेता घोषणा गरिएको छ । अर्को सिटमा पनि डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले आफू विजयी भइसकेको घोषणा गरेका छन् ।

१६ हजार भन्दा धेरै मतले अग्रता कायम गरिसकेका ओसोफले एउटा भिडियो सन्देशमार्फत आफू विजयी भएको घोषणा गरेका हुन् । तर रिपब्लिकन उम्मेदबार डेभिड पर्डयुको अभियानले कानुनी मतहरुमात्र गणना भएको सुनिश्चित गर्न कानुनी उपाय अपनाउने बताएका छन् । अमेरिकी संचारमाध्यमहरुले भने अझै ओसोफको जीत घोषणा गरिसकेका छैनन् । ३३ बर्षका ओसोफले जितेमा सन् १९८१ पछि अमेरिकी सिनेटरमा चुनाव जित्ने उनी सबैभन्दा कान्छा व्यक्ति हुनेछन् ।

कैयन डेमोक्रेटिक नेताहरुले भने ओसोफको जीत घोषणा गर्दै बधाई दिन सुरु गरिसकेका छन् । हिलारी क्लिन्टनले ओसोफ र राफल वार्नकलाई बधाई दिइसकेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक सञ्जालमार्फत ओसोफलाई बधाई दिन सुरु भइसकेको छ ।

जर्जियाबाट सन् २००४ यता सिनेटमा दुबै सदस्य रिपब्लिकनहरु रहदै आएका थिए । जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएकोमा यसपटक डेमोक्रेटिक उम्मेदबार जो बाइडेनले जीतेका थिए ।

ओसोफलले पनि जीतेमा दुबै सिटमा डेमोक्रेटिक उम्मेदबार विजयी हुनेछन् । साथै सिनेटमा पनि डेमोक्र्याट्सको बहुमत कायम हुनेछ ।

वार्नकको जितसँगै सिनेटमा ४९ सिट डेमोक्रेटिक पार्टीले र ५० सिट रिपब्लिकन पार्टीले जीतेका छन् । प्रतिनिधिसभामा डेमोक्र्याट्सको नियन्त्रणका कायम छ ।

ओसोफले पनि जितेमा उपराष्ट्रपटिको टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्र्याट्सको बहुमत हुनेछ । बाइडेन प्रशासनले संसदबाट आफूले चाहेका बिलहरु आगामी दुईबर्षसम्म पारित गराउन सक्नेछन् भने विभिन्न नियुक्तीहरु समेत सहजै गर्न सक्नेछन् । तर एउटामात्र सिट रिपब्लिकनले जितेमा पनि सिनेटमा रिपब्लिकनकै बहुमत कायम हुनेछ ।

सिनेटमा बहुमत कायम भएमा बाइडेन प्रशासनले आफूले चाहेका बिलहरु संसदबाट सहजै पारित गराउन सक्नेछ भने नियुक्ती लगायतका विषयमा पनि कुनै अवरोध हुनेछैन । ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरुलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने डेमोक्र्याट्सको एजेण्डा कार्यान्वयन गर्न पनि बाटो खुल्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com