आज संसदबाट राष्ट्रपतिमा बाइडेनको औपचारिक जीत घोषणा हुँदै, रोक्न ट्रम्पको अन्तिम प्रयास


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

आज अमेरिकी संसदबाट अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतको औपचारिक घोषणा हुनेछ भएको छ । डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई सदर गरिसकेकोमा आज संसदको संयुक्त सदनले मतहरु औपचारिक रुपमा गणना गर्नेछ ।

उपराष्ट्रपति माइक पेन्सले बाइडेनको जीतलाई आफूले रोक्न नसक्ने डोनाल्ड ट्रम्प समक्ष जानकारी गराइसकेका छन् । उनले आफूलाई प्रमाणिकरण रोक्ने कुनै अधिकार नभएको बताइसकेका छन् ।

संसदको प्रकृया सुरु हुँदै गर्दा विहान ११ बजे ट्रम्पले सम्बोधन गर्ने योजना रहेको जनाइएको छ । ट्रम्पले बाइडेनको जीतविरुद्ध प्रदर्शन गर्न आफ्ना समर्थकहरुलाई आव्हान गरिसकेका छन् भने उनका समर्थकहरु वासिंटन डिसीमा आउने क्रम सुरु भइसकेको छ । मंगलबार राती नै केही समर्थकहरु डिसीमा आइसकेका छन् भने प्रहरीसँग केही झडपका घटनाहरु समेत भएका छन् ।

उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ । पेन्सले अल्फावेटिकल अर्डरमा राज्यका प्रमाणपत्रहरु खोल्नेछन् । र, चारजना गणकहरु समक्ष पेश गर्नेछन् । ४ जना गणकहरु दुईजना हाउसबाट र दुईजना सिनेटबाट हुनेछन् । बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नासाथ पेन्सले विजेता घोषणा गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो प्रकृया संघीय कानुनले तोके अनुशार हुनेछ । च्याम्बरमा स्पीकरको कुर्सीमा माइक पेन्स बस्नेछन्, न्यान्सी पेलोसी बायातिर बस्नेछिन् भने ४ जना गणकहरु क्लर्कको डेस्कमा बस्नेछन् । संसदको यो संयुक्त सेसन गणना पूरा नहँदासम्म र परिणाम सार्वजनिक नगर्दासम्म जारी रहन्छ । चुनावको परिणाम घोषणा गरेपछि जनवरी २० मा सपथग्रहणको कार्यक्रममात्र बाँकी रहन्छ ।

संसदका नयाँ सदस्यहरुले जनवरी ३ मा सपथग्रहण गरिसकेकाले यो सबै प्रकृया नयाँ संसदले गर्नेछ । प्रतिनिधिसभामा डेमोक्र्याट्सको नियन्त्रण रहेको छ भने जर्जियाको चुनावको नतिजा प्रमाणिकरण नभइसक्ने भएकाले सिनेटमा रिपब्लिकनको नियन्त्रण रहेकाले माइक पेन्स नै त्यहाँ हुनेछन् ।

इलेक्टोरल मत गणनाको बेलामा संसदमा कुनै पनि बहस र विवादलाई स्थान दिइदैन । तर परिणाम घोषणा गरिएपछि संसदका सदस्यहरुले आफ्नो भनाई राख्न सक्छन् । कुनै पनि राज्यको परिणामबारेको कुनै असहमति भएमा कम्तीमा एकजना सिनेटर र एकजना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेर लिखित रुपमा पेश गर्नुपर्छ । हरेक सांसदले एकपटकमात्र बोल्न पाउँछन् भने ५ मिनेटमा आफ्नो भनाई सक्नुपर्छ । २ घण्टापछि बहस समाप्त हुन्छ ।

आजको प्रकृयामा केही रिपब्लिकन सांसदले राष्ट्रपतिमा बाइडेनको जीत अस्वीकार गर्नसक्ने देखिएको छ । जसका कारण सांसदहरुलाई संसदका दुबै सदनमा जो बाइडेनको जीत स्वीकार गर्ने वा नगर्ने भन्ने सन्दर्भमा मतदान गर्नुपर्ने अवस्था आउनसक्नेछ ।

उनीहरुको विरोधले चुनावी नजिता परिवर्तन हुने नदेखिएपनि संसदले बाइडेनको जीतलाई औपचारिकता दिनमा भने केही घण्टा ढिलाई हुनसक्नेछ । त्यस्तो विरोध प्रतिनिधिसभा डेमोक्र्याट्सहरुले अस्वीकार गर्ने निश्चित छ भने सिनेटबाट पनि पारित हुने सम्भावना छैन ।

कुनै पनि राज्यको परिणामबारेको असहमति औपचारिक रुपमा दर्ता भएमा संसदका हरेक सदनमा राज्यको परिणाम अस्वीकार गर्ने वा नगर्ने सन्दर्भमा मतदान हुन्छ । तर अस्वीकार गर्नका लागि दुबै सदनबाट पारित हुनुपर्ने भएकाले त्यस्तो सम्भावना यसपटक शुन्य रहेको छ ।

सन् १८८७ मा इलेक्टोरल गणना ऐन पारित भएदेखि दुईपटक राज्यको चुनावी परिणाममा संसदीय अवरोध भएको छ । तर यस्तो अवरोध भएपनि त्यो या त सिनेटबाट या त हाउसबाट पारित नभएका कारण अर्थहिन बन्यो ।

चुनावी परिणाममा अवरोध ल्याएर बाइडेनलाई राष्ट्रपति हुन नदिने रिपब्लिकनहरुको दीर्घकालिन योजना भएकाले यसपटक पनि यस्तो प्रयास हुनसक्छ । तर दुबै सदनबाट सामान्य बहुमतबाट पारित नभएसम्म त्यस्तो अवरोध अर्थहिन हुनेछ । पार्टी अनुशार मतदान हुँदा पनि रिपब्लिकनहरुले बाइडेनको जीतलाई रोक्न सक्दैनन् ।

हाउसमा डेमोक्र्याट्सको नियन्त्रण भएकाले रिपब्लिकनले ल्याएको अवरोध हाउसबाट पारित हुन सम्भव छैन । सिनेटमा पनि कैयन रिपब्लिकनले बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिसकेकाले त्यहाँबाट पनि त्यस्तो अवरोध पारित हुने सम्भावना कम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com