प्रतिनिधिसभा विघटन मुद्दाको अर्को सुनुवाइ २९ गते
प्रकाशित मिति : पुस २२, २०७७ बुधबार
प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ। आज (बुधबार)को संवैधानिक इजलासले अर्को सुनुवाइ पुष २९ गते बुधबार गर्ने निर्णय गरेको हो।
आजको इजलासमा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि बृहत पूर्ण इजलासको माग गरेका थिए । संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले रिट निवेदकहरुको तर्फबाट संयुक्त निवेदन पेश गर्दै पूर्ण इजलासको माग गरेका हुन् ।
यो पनि :
संसद विघटनको मुद्दा : इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा