जर्जिया चुनावः हुलाकबाट पठाइएका सबै १० लाख मत गणना गर्न समय लाग्ने


प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार

सिनेटका २ सिटको लागि आज सम्पन्न जर्जियाको चुनावमा प्रत्यक्ष उपस्थीत भएर गरिएका अग्रिम मत र आज मुख्य दिन गरिएका मतको गणना भइरहेको छ । राती १० बजेर २२ मिनेटसम्म साढे ३७ लाखभन्दा बढी मत गणना भइसकेको छ भने यो समाचार तयार पार्दासम्म दुबै सिटमा रिपब्लिकन उम्मेदबारले झिनो अग्रता कायम गरिरहेका छन् ।

जर्जियाको चुनावमा १० लाख १८ हजार ३ सय ८१ ज्नाले हुलाकबाट मतपत्र पठाएर मतदान गरेका छन् । हुलाकबाट पठाइएका सबै मत गणना गर्न र सबै परिणाम आउन समय लाग्ने छ ।

आजको चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा रहेका रहेका छन् । त्यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिनेटको बहुमत निर्धारण गरेर सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने आजको जर्जियाको चुनावमा अमेरिकाको मात्र होइन, अमेरिकन राजनीतिप्रति चासो राख्ने विश्वकै ध्यानाकर्षण भएको छ । आजको चुनावले अमेरिकाको सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ ।

सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीले र ५० सिट रिपब्लिकन पार्टीले जीतेका छन् । प्रतिनिधिसभामा डेमोक्र्याट्सको नियन्त्रणका कायम भइसकेको छ ।

जर्जियामा दुबै सिट रिपब्लिकनले जितेमा सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ । यसो भएमा बाइडेन प्रशासनले संसदबाट आफूले चाहेका बिलहरु आगामी दुईबर्षसम्म पारित गराउनमामात्र होइन, विभिन्न नियुक्तीहरुमा समेत रिपब्लिकनको सहमति लिन जरुरी हुनेछ । एउटामात्र सिट रिपब्लिकनले जितेमा पनि सिनेटमा रिपब्लिकनकै बहुमत कायम हुनेछ ।

सिनेटमा बहुमत कायम गर्नका लागि डेमोक्र्याट्सलाई आजको चुनाबबाट दुबै सिट जित्न आवश्यक हुन्छ । यसो भएमा बाइडेन प्रशासनले आफूले चाहेका बिलहरु संसदबाट सहजै पारित गराउन सक्नेछ भने नियुक्ती लगायतका विषयमा पनि कुनै अवरोध हुनेछैन । ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरुलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने डेमोक्र्याट्सको एजेण्डा कार्यान्वयन गर्न पनि बाटो खुल्नेछ ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएकोमा यसपटक डेमोक्रेटिक उम्मेदबार बाइडेनले जीतेका थिए । कुनैबेलाको रेडस्टेट जर्जिया अब ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सन् २००४ यता सिनेटमा दुबै सदस्य रिपब्लिकनहरु रहदै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com