जर्जिया चुनाव: नोभेम्बर ३ को चुनावी परिणाममा कुन उम्मेदवार अगाडि थिए ?


प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार

अमेरिकी सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुने भन्ने सन्दर्भमा आज जर्जियामा सिनेटका २ सिटमा निर्वाचन भइरहेको छ । आजको चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा रहेका रहेका छन् । त्यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक रहेका छन् ।

जर्जियाको चुनावमा निर्वाचित हुनका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक हुने भएकाले र नोभेम्बरको चुनावमा कुनै पनि उम्मेदबारले ५० प्रतिशतभन्दा बढी मत नल्याएका कारण सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदबारहरुबीच आज प्रतिस्पर्धा भइरहेको छ । जर्जियामा रहेका अमेरिकनहरु निकै उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन् ।

गत नोभेम्बरमा भएको चुनावमा रिपब्लिकन उम्मेदबार डेभिड पर्डयु र डेमोक्रेटिक उम्मेदबार जोन ओसोफबीच भएको चुनावमा पर्डयुले ४९ दशमलव ७ प्रतिशत अर्थात् २४ लाख ६२ हजार ६ सय १७ मत ल्याएका थिए । त्यस्तै डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले ४७ दशमलव ९ प्रतिशत अर्थात् २३ लाख ७४ हजार ५ सय १९ मत ल्याएका थिए । झण्डै ८८ हजारमतको अन्तर रहेको थियो । त्यतीबेला लिबरटेरियन उम्मेदबार शेन ह्याजलले १ लाख १५ हजार ३९ मत ल्याएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै नोभेम्बरमा सिनेटको अर्को सिटका लागि भएको चुनावमा डेमोक्रेटिक उम्मेदबार राफल वार्नकले ३२ दशमलव ९ प्रतिशत मत ल्याएर अग्रता कायम गरेका थिए । रिपब्लिकन उम्मेदबार केली लोफ्लरले २५ दशमलव ९ प्रतिशत मत ल्याएकी थिइन् । लोफ्लरको तुलनामा वार्नकले झण्डै साढे ३ लाख बढी मत ल्याएका थिए ।

तर अर्का रिपब्लिकन उम्मेदबार डग कोलिन्सले झण्डै १० लाख मत ल्याएका थिए भने डेमोक्रेटिक उम्मेदबार डेब्राह ज्याक्सनले ३ लाख बढी मत ल्याएका थिए । चुनावमा झण्डै पचास लाखले मतदान गरेका थिए ।

आजको चुनावका सन्दर्भमा झण्डै ३१ लाखले अग्रिम मतदान गरिसकेका छन् । जुन कुल मतदाताहरुको संख्याको ४० प्रतिशत हो । अग्रिम मतदान गर्नेहरुमध्ये झण्डै २० लाख ७४ हजारले मतदान स्थलमा उपस्थीत भएर र १० लाख १८ हजार बढीले हुलाकमार्फत मतदान गरेका थिए । आज चुनावको मुख्य दिन २० लाख भन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com