टेक्सासको चर्चमा गोली चल्दा पादरीको मृत्यु, अन्य दुई घाइते


प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

टेक्सासको चर्चमा गोली चल्दा एकजना पादरीको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । आइतबार विहान टेक्सासको स्टारभिलमा रहेको स्टारभिल मेथोडिस्ट चर्चमा गोली चलेको हो ।

डलासबाट झण्डै १ सय माइल पूर्वमा रहेको उक्त चर्चमा गोली चलाउने संदिग्धलाई हिराशतमा लिइएको छ । उक्त व्यक्ति आइतबार शनिबार राती भएको एउटा घटनापछि प्रहरीबाट भागेर चर्चमा लुक्नका लागि छिरेको बताइएको छ ।

पादरीले उक्त व्यक्ति विहान ९ बजेर २१ मिनेट जाँदा बाथरुममा लुकेको फेला पारेका थिए । पादरी, उनकी पत्नी र अरु केही व्यक्ति त्यतीबेला चर्चमा प्रवेश गरेका थिए । लुकेको व्यक्ति तत्काल त्यहाँबाट भागेको थियो तर केहीबेरमा चर्चमा फर्केर गोली चलाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त व्यक्तिले अगाडिको ढोकाबाट चर्चमा छिरेर पादरीलाई नियन्त्रणमा लिको थियो । त्यसपछि पादरीको हतियार खोसेर पादरीलाई नै हानेको थियो । घटनामा घाइते भएका अन्यको अवस्थाबारे केही बताइएको छैन ।

गोली चलाएपछि उक्त व्यक्ति पादरीकै गाडी चोरेर भागेको थियो । त्यसपछि प्रहरीले उसलाई ह्यारिसन काउन्टीमा पक्राउ गरेको थियो । उक्त व्यक्तिको हातमा बन्दुकको चोट लागेको जनाइएको छ । तर कतिबेला उसलाई गोली लागेको भन्नेबारे स्पष्ट छैन ।

घटनामा ज्यान गुमाउने पादरी, घाइतेहरु र आक्रमणकारीको परिचय खुलाइएको छैन । टेक्सासका गभर्नरले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com