जर्जियामा पुन: मतगणना गरेर आफ्नो पक्षमा नतिजा ल्याउन ट्रम्पको दवाव (अडियो समेत)


प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन: मतगणना गरेर आफ्नो पक्षमा नतिजा ल्याउन जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरलाई झण्डै एकघण्टा लामो फोनकल गरेर दवाव दिएको जनाइएको छ । वासिंटन पोष्टले उक्त फोनकलको अडियो आफूले प्राप्त गरेको दावी गरेको छ ।

फोनकलमा ट्रम्पले पुन मतगणना गरेर नतिजा आफ्नो पक्षमा पार्नका लागि प्रसस्त भोटहरु पत्ता लगाउन दवाव दिएका छन् । फोनकलमा ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट राफेन्सपर्जरलाई कतै धम्की दिएको, कतै अनुरोध गरेको त कतै कन्भिन्स गर्ने प्रयास गरेको जनाइएको छ ।

यदि आफ्नो आग्रह नमाने आपराधिक अवस्थाको सामना गर्नुपर्ने हुनसक्ने समेत ट्रम्पले फोनकलमा चेतावनी दिएका छन् । फोनकलमा सेक्रेटरी अफ स्टेट राफेन्सपर्जरले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् । ट्रम्प षड्यन्त्रको सिद्धान्तमा भर परिरहेको र जर्जियामा चुनाव १२ हजार ७७९ मतले जो बाइडेनले जीतेको कुरा उनले ट्रम्पलाई बुझाउन खोजेका छन् । जर्जियाको चुनाव निष्पक्ष भएको समेत राफेन्सपर्जले ट्रम्पलाई बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फोनकलमा ट्रम्पले भनेका छन् – ‘जर्जियामा मान्छेहरु रिसाइरहेका छन् । देशभरका मान्छेहरु रिसाइरहेका छन् । पुन गणना गरेको भनेर बताउँदा केही गलत हुँदैन ।’

जवाफमा राफेन्सपर्जरले भनेका छन् – ‘राष्ट्रपतिज्यू, तपाईसँग भएको तथ्यांक नै गलत छ ।’

ट्रम्पले फोनवार्ताकै क्रममा भनेका छन् – ‘हेर्नुस् । मैले चाहेको कुरा के हो भने हामीसँग भएका मतहरुभन्दा मेरा पक्षमा ११ हजार ७ सय ८० बढी मत पत्ता लगाउन चाहन्छु । किनभने हामीले जितेका छौं । मैले जर्जियामा चुनाव हार्नैसक्दिन । हामीले हजारौं मतले जितेका छौं ।’

उनले फोनकलका दौरान हजारौं मतले जितेको कुरा बारम्बार गरेका छन् । ट्रम्पले आइतबार आफूले राफेन्सपर्जरसँग कुरा गरेको विषयमा ट्वीट समेत गरेका छन् । आफूले कुराकानी गरेको तर राफेन्सपर्जरले आफ्ना प्रश्नको जवाफ दिन नचाहेको वा नसकेको ट्रम्पले बताएका छन् ।

राफेन्सपर्जरले ट्रम्पको ट्वीटरको जवाफ दिदै भनेका छन् – राष्ट्रपतिज्यू, तपाईले भनिरहनुभएको कुरामा सत्यता छैन ।’

वासिंटन पोष्टमा प्रकाशित विस्तृत रिपोर्ट यहाँ पढ्नसक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com