नयाँ बर्षसँगै अमेरिकामा विभिन्न राज्यमा न्यूनतम तलब बृद्धि, कुन राज्यमा कति?


प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार

नयाँ बर्षसँगै अमेरिकाका कैयन राज्यहरुमा कामदारलाई दिइने न्यूनतम पारिश्रमिक बृद्धि गरिएको छ । क्यालिफोर्निया, कनेक्टिकट, इलिनोय, मेरिल्याण्ड लगायतका राज्यहरुले न्यूनतम तलब बढाएका छन् ।

अलास्का र एरिजोनाले १५ सेन्टस तलब बढाएका छन् । अब अलास्कामा प्रतिघण्टा १० डलर ३४ सेन्टस भएको छ भने एरिजोनामा १२ डलर १५ सेन्टस भएको छ । अर्कान्सासमा १ डलर बढाएर ११ डलर बनाइएको छ ।

क्यालिफोर्नियामा १ डलर बढाएर १४ डलर बनाइएको छ भने कोलोराडोमा ३२ सेन्टस बढाएर १२ डलर ३२ सेन्टस बनाइएको छ । फ्लोरिडामा ९ सेन्टस बढाएर ८ डलर ६५ सेन्टस बनाइएको छ ।

त्यस्तै इलिनोयमा १ डलर बढाएर ११ डलर कायम गरिएको छ भने मैनमा १५ सेन्टस बढाएर १२ डलर १५ सेन्टस बनाइएको छ । मेरिल्याण्डमा पनि ७५ सेन्टस बढाएर ११ डलर ७५ सेन्टस बनाइएको छ ।

मासाचुसेट्समा ७५ सेन्टस बढाएर १३ डलर ५० सेन्टस बनाइएको छ भने मिनेसोटामा ८ सेन्टस बढाएर १० डलर ८ सेन्टस बनाइएको छ । मिजौरीमा ८५ सेन्टस बढाएर १० डलर ३० सेन्टस बनाइएको छ ।

मोन्टानामा १० सेन्टस बढाएर ८ डलर ७५ सेन्टस बनाइएको छ । नेभाडामा जुलाईमा ७५ सेन्टस बढाएर ९ डलर ७५ सेन्टस बनाइने भएको छ ।

न्युजर्सीमा १ डलर बढाएर १२ डलर बनाइएको छ भने न्युयोर्कमा ७० सेन्टस बढाएर १२ डलर ५० सेन्टस बनाइएको छ । न्युयोर्कको बृद्धि न्युयोर्क सिटी, लंग आइल्याण्ड र वेष्टचेस्टरमा लागु हुनेछैन ।

ओहायोमा १० सेन्टस बढाएर ८ डलर ८० सेन्टस बनाइएको छ भने साउथ डाकोटामा १५ सेन्टस बढाएर ९ डलर ४५ सेन्टस बनाइएको छ । भर्मोन्टमा ७९ सेन्टस बढाएर ११ डलर ७५ सेन्टस बनाईएको छ । वासिंटनमा १९ सेन्टस बढाएर १३ डलर ६९ सेन्टस बनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com