वेष्ट भर्जिनियामा ४२ जनालाई कोरोनाबिरुद्धको भ्याक्सिनको साटो गल्तीले एन्टीबडी प्रदान


प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार

वेष्ट भर्जिनियाको एउटा क्लीनिकले ४२ जनालाई कोरोनाबिरुद्धको भ्याक्सिनको साटो गल्तीले सिरिन्जमार्फत एन्टीबडी दिएको छ । तर उनीहरु कुनै जोखिममा भने नरहेको राज्य र स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

ती ४२ जनाले बुधबार कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनको पहिलो डोज लिनुपर्ने थियो । वेष्ट भर्जिनिया नेशनल गार्डले जारी गरेको वक्तब्य अनुशार बुन काउन्टी स्वास्थ्य विभागले संचालन गरेको क्लीनिकमा उनीहरुलाई गल्तीले कोरोनाबिरुद्धको एन्टीबडी दिइएको हो ।

उनीहरुलाई रिजेनेरन एन्टीबडी दिइएको जनाइएको छ । यो एन्टीबडी कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिदै आएको छ । वेष्ट भर्जिनिया नेशनल गार्डले गल्ती भएको थाहा हुने बित्तिकै त्यसलाई सच्याइएको बताएको छ ।

वेष्ट भर्जिनिया नेशनल गार्डले त्यहाँ भ्याक्सिनको वितरणका लागि लजिस्टिक र योजनाको जिम्मा लिएको छ । बुन काउन्टी हेल्थ डिपार्टमेन्टले सबै ४२ जनलाई यसबारे जानकारी गराइएको र बिहिबार कोरोनाबिरुद्धको भ्याक्सिन लिनका लागि बोलाइएको जनाएको छ ।

कसरी कोरोनाबिरुद्धको भ्याक्सिनको साटो एन्टीबडी दिइयो र कसरी मिसियो भन्नेबारे केही बताइएको छैन । तर एन्टीबडी भने इन्फुजनमार्फत दिइदै आएको छ, जुन कोरोनाबिरुद्धको भ्याक्सिनको भन्दा फरक तरिका रहेको छ ।

यो एन्टीबडी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण हुँदा समेत दिइएको थियो । वेष्ट भर्जिनियामा बुधबार ७ हजार ८ सय ५५ जनालाई भ्याक्सिन दिइएको नेशनल गार्डले जनाएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com