१२० बर्षदेखि नयाँ बर्षको स्वागतमा विश्वको ध्यान खिच्दै आएको टाइम्स स्क्यायर यसपटक सुनसान


प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार

१२० बर्षदेखि नयाँ बर्षको पूर्वसन्ध्यामा विश्वको ध्यान खिच्दै आएको न्युयोर्कको टाइम्स स्क्यायर यसपटक सुनसान भएको छ । हरेक बर्ष नयाँ बर्षको पूर्व सन्ध्यामा दशौं हजारको जमघट हुने टाइम्स स्क्वायरमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।

नयाँ बर्षको स्वागतमा न्युयोर्कको टाइम्स स्क्यायरमा क्रिस्टल बल खसाल्ने चलन रहेको छ । यसपटक उक्त बल खसालेको हेर्न केही व्यक्तिलाईमात्र निमन्त्रणा गरिएको छ । कलाकारहरुले खाली मञ्चमा उभिएर प्रस्तुतीहरु दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको महामारीका कारण यसपटक नयाँ बर्षको पूर्व सन्ध्यामा सर्वसाधारणहरुलाई टाइम्स स्क्वायरमा जान रोक लगाइएको हो । टाइम्स स्क्वायर पुगेका कैयनले प्रहरी घरमा फर्केर आरामसाथ नयाँ बर्ष मनाउन सुझाव दिंदै फर्काइदिएको छ ।

टाइम्स स्क्यायरमा खसालिने बलको स्वीच न्युयोर्कका मेयरले दबाउने भएका छन् । राती १२ बज्न एक मिनेट बाँकी छँदा काउन्टडाउन सुरु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com