१३ राज्यमा ९३ जनाको हत्या गरेका सिरियल किलरको ८० बर्षको उमेरमा निधन
प्रकाशित मिति : पुस १५, २०७७ बुधबार
अमेरिकन इतिहासकै सबैभन्दा खतरनाक मध्येका एक सिरियल किलर स्यामुअल लिटलको ८० बर्षको उमेरमा बुधबार निधन भएको छ । उनले हत्या गरेका भनिएका कैयन व्यक्तिका बारेमा भने अहिलेसम्म पनि प्रहरी अनुसन्धान जारी रहेको छ ।
उनले अमेरिकाका १३ राज्यमा कम्तीमा ९३ जनाको हत्या गरेको स्वीकारेका छन् । यौनकर्मीहरु, लागुऔषधका प्रयोगकर्ताहरु र गरिबहरुलाई उनले निशाना बनाउँदै आएका थिए । उनको निशानामा परेकाहरु अधिकांश अश्वेत महिलाहरु थिए ।
उनले सन् २०१८ पछि आफूले गरेका हत्याबारे स्वीकार्न सुरु गरेका थिए । हत्याबारे स्वीकार्न सुरु नगरेको भएमा कैयन घटनाहरु अधिकारीहरुलाई सुल्झाउन समेत मुस्किल हुने खालका थिए । क्यालिफोर्नियाको जेलमा कैयन मुद्दाहरुमा आजिवन कारावास भोग्ने क्रममा उनले अरु हत्या पनि स्वीकारेका थिए ।
प्रहरीले २ बर्षको अवधिमा कैयन पुराना फाइलहरु खोलेर अनुसन्धान सुरु गरेको थियो । उनले हत्या गरेको स्वीकार गरेका झण्डै आधा व्यक्तिको बारेमा भने प्रहरीले पहिचान गर्न सकेको छैन ।
उनी सन् २०१४ मा तीनवटा हत्यामा दोषी ठहर भएका थिए । स्यामुअल लिटलले एकजनाको हत्यापछि उक्त सिटीमा पुन अर्को व्यक्तिको हत्याका लागि समेत पुग्ने गरेको स्वीकारेका थिए ।