बेलायतमा भेटिएको कोरोनाको नयाँ प्रकार अमेरिका आएको पुष्टी


प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार

बेलायतमा भेटिएको कोरोनाको नयाँ प्रकार अमेरिकामा आएको पुष्टी भएको छ । कोलोराडोका एकजना व्यक्तिमा फरक प्रकारको कोरोना भेटिएको र यो बेलायतमा भेटिएको कोरोनाको नयाँ प्रकारसँग मिलेको जनाइएको छ ।

कोलोराडोका गभर्नर जारेड पोलिसले मंगलबार कोरोनाको नयाँ प्रकार भेटिएको घोषणा गरेका हुन् । बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार अमेरिकामा पनि देखिएको पुष्टी भएको यो नै पहिलो घटना हो ।

२० को दशकको उमेरका ती व्यक्तिको यात्राको कुनै इतिहास नरहेको जनाइएको छ । अहिले उनी अल्बर्ट काउन्टीमा आइसोलेसनमा बसेको जनाइएको छ ।

अमेरिकामा एकातिर कोरोनाबिरुद्धको भ्याक्सिन वितरण भइरहेको छ । अर्कोतर्फ कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेहरुको संख्या पनि डरलाग्दो रहेको छ । सोमबार अमेरिकाका अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको संख्या १ लाख २१ हजार २ सय ३५ पुगेको थियो ।

यसैबीच अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले डिसेम्बरको तुलनामा जनवरी अझ खराब हुनसक्ने चेतावनी दिएका छन् । विदामा यात्रा गर्नेहरुको संख्या अत्यन्तै बढेकाले जनवरीमा संक्रमण बढ्ने अनुमान गरिएको छ ।

अमेरिकामा गतसातादेखि सोमबार सम्म औषतमा हरेक दिन १ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । ११ दिनभित्र एकैदिनमा सबैभन्दा धेरै २ लाख १९ हजार ३ सय २४ संक्रमित थपिएका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com