ट्रम्पले ‘भिटो’ प्रयोग गरी अस्वीकार गरेको सुरक्षा बिल हाउसबाट ‘ओभरराइड’


प्रकाशित मिति : पुस १३, २०७७ सोमबार

संसदबाट भारी बहुमतले पारित भएपछि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेर संसदमा फिर्ता पठाएको राष्ट्रिय सुरक्षा प्राधिकरण
बिल ट्रम्पको भिटोलाई अस्वीकार गर्नेगरी प्रतिनिधिसभाबाट पारित भएको छ । अब सिनेटमा दुई तिहाई बहुमतले पारित भएमा यो बिल ट्रम्पको भिटोका बाबजुत पनि कार्यान्वयनमा आउनेछ ।

हाउसबाट यो बिल कमा समेत परिवर्तन नगरी पहिलेकै स्वरुपमा जस्ताको तस्तै पारित गरिएको छ । दुबै दलको भारी समर्थन रहेको यो बिल अब राष्ट्रपति ट्रम्पको समर्थन बिना नै कानुन बन्ने देखिएको छ । अमेरिकामा राष्ट्रपतिले भिटो प्रयोग गरेर अस्वीकार गरेको बिल संसदका दुबै सदनबाट दुई तिहाई बहुमतले पारित भएमा राष्ट्रपतिको सहमति विना पनि कानुन बन्नसक्छ ।

ट्रम्पको कार्यकालमा नै पहिलोपटक भिटो ओभरराइड गर्ने निश्चित रहेको यो बिल सेनाको तलब बढाउने, हतियारको खरिदमा निर्देशन दिने र सैन्य नीति बनाउने ७४१ बिलियन डलरको सुरक्षा प्याकेज हो । तर ट्रम्पले आफूले चाहेका कुराहरु समावेश नभएको भन्दै बिल फिर्ता गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो प्रशासनले यो ऐनको राष्ट्रिय सुरक्षामा महत्व बुझेको तर दुर्भाग्यवश बिलले महत्वपूर्ण सुरक्षा मापदण्डहरु समावेश गर्न छुटाएको, राष्ट्रिय सुरक्षामा अमेरिका पहिलो राख्ने ट्रम्प प्रशासनको नीतिको विरोधाभाष रहेको भन्दै ट्रम्पले बिलमा भिटो प्रयोग गरेका थिए । ट्रम्पले यो बिल चीन र रसियाका लागि उपहारजस्तो भएको आरोप लगाएका थिए ।

ट्रम्पले यसअगाडि पनि यो बिलमा भिटो प्रयोग गर्ने आशयबारे बताउदै आएका थिए । यो बिल झण्डै २ साता अगाडि पारित भएको थियो । यो बिलको ७ जना रिपब्लिकन सिनेटर, ५ जना डेमोक्र्याट्स सिनेटरहरु र सिनेटर बर्नी स्याण्डर्सले समेत विरोध गरेका थिए ।

यो बिलले ६३५ दशमलव ५ बिलियन डलर पेन्टागनका लागि प्रदान गर्छ भने २६ दशमलव ६ बिलियन डलर आणविक कार्यक्रमका लागि उर्जा मन्त्रालयलाई प्रदान गर्दछ । अरु ६९ बिलियन अफगानिस्तान र मध्यपूर्वमा अमेरिकन सैन्य अपरेशनका लागि प्रदान गर्दछ ।

यो बिलले सेनाको तलब ३ प्रतिशतले बढाउँछ भने पारिवारिक विदामा रहँदासम्म उनीहरुलाई तलबको व्यवस्था गर्दछ । यो बिलले प्यासेफिक क्षेत्रमा चीनलाई रोक्नेमा केन्द्रीत कार्यक्रम प्यासेफिक डिटेरेन्स इनिसियटिभका लागि २ दशमलव २ बिलियन डलर छुट्याएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com