न्युयोर्कको एम्पायर स्टेट भवन बमले उडाइदिने धम्कीपछिको त्रास


प्रकाशित मिति : पुस १३, २०७७ सोमबार

आइतबार विहान ११ बजे न्युयोर्क सिटी प्रहरीमा एउटा फोन आयो । जसमा न्युयोर्कको एम्पायर स्टेट भवनलाई बमले उडाउन लागिएको सुचना उल्लेख थियो ।

९११ नम्बरमा आएको फोनमा एम्पायर स्टेट भवनमा दिउसोतिर बम पड्काउन लागिएको जानकारी दिइएको थियो । जसका कारण केहीबेर उक्त क्षेत्रमा त्रास फैलिएको थियो ।

प्रहरीले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएर बम भए नभएको अनुसन्धान सुरु गरिहाल्यो । तर अनुसन्धानबाट उक्त क्षेत्रमा बम नभएको पुष्टी भयो ।

बम बिष्फोट हुन लागेको सुचना नक्कली भएको प्रहरीले पुष्टी गरेको छ । र उक्त फोनकलबारे अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

टेनेसीको डाउनटाउन नासभिलमा आत्मघाती बिष्फोटन भएको २ दिनपछि भएको यो घटनाका कारण प्रहरी थप सजग भएको थियो । टेनेसीको आत्मघाती बिष्फोटमा तीनजना घाइते भएका थिए भने कैयन भवनमा क्षति पुगेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com