ट्रम्पले हस्ताक्षर गरेको विधयेकमा नेपालको सहयोगका लागि १३ करोड डलर
प्रकाशित मिति : पुस १२, २०७७ आईतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज हस्ताक्षर गरेको खर्च विधयेकमा नेपालका लागि कम्तीमा १३ करोड छुट्याइएको छ । नेपालको सहयोगका लागि कम्तीमा १३ करोड २ लाख ६५ हजार डलर अर्थात् साढे १५ अर्ब भन्दा धेरै नेपाली रुपैया प्रदान गरिने भएको छ । नेपालको विकाश र प्रजातन्त्रको कार्यक्रमका लागि उक्त रकम प्रदान गरिने जनाइएको छ ।
वैदेशिक शैन्य आर्थिक कार्यक्रम अन्तरगतको रकम सहयोग भने नेपालमा मानवीय कार्य, प्राकृतिक विपत्तिमा सहायता र अन्तर्राष्ट्रिय शान्ति कार्यक्रमहरुका लागिमात्र उपलब्ध हुने विधयेकमा जनाइएको छ ।
नेपाल सरकारले मानवअधिकार उल्लंघनबारे अनुसन्धान र कारवाही गरिरहेको तथा नेपाली सेनाले त्यस्ता मामिलामा नागरिक न्यायिक अधिकारीहरुसँग समन्वय गरिरहेको कुरा अमेरिकी विदेशमन्त्रीले प्रमाणित गरेमा र सम्बन्धित समितिमा रिपोर्ट गरेमा वैदेशिक शैन्य आर्थिक कार्यक्रम अन्तरगतको फण्ड अतिरिक्त प्रयोगमा समेत लगाउन सकिने जनाइएको छ ।