अमेरिकाको टेनेसीमा ७ बर्षका बालकले जलिरहेको घरबाट बचाए २२ महिनाकी बहिनी


प्रकाशित मिति : पुस १२, २०७७ आईतबार

अमेरिकाको टेनेसी टेजवेलमा ७ बर्षका बालकले जलिरहेको घरबाट २२ महिनाकी बहिनीलाई निकालेर बचाउन सफल भएका छन् । बालक एली डेभिडसनले झ्यालबाट बहिनी भएको कोठामा प्रवेश गरेर २२ महिनाकी बहिनी एरिनलाई बचाउन सफल भएका हुन् । घर आगलागीबाट ध्वस्त भएको छ ।

क्रिस र निकोलीले आफ्ना तीनजना बच्चाहरुलाई खाना खुवाएर राती साढे ८ बजेतिर सुतेका थिए । केही घण्टापछि घरमा जलेको गन्ध आयो । त्यसपछि निकोली ब्यूझिइन् । उनी तत्काल आफ्ना ७ बर्षका छोरा एली र २ बर्षका छोरा एलाइजालाई लिएर बाहिर निस्किन् ।

एकैछिनमा घरमा आगोको लप्का फैलियो । घरभित्र २२ महिनाकी बालिका एरिन त्यहाँ फसिरहेकी थिइन् । एरिनको बेडरुमको वरपर आगो फैलियो । आगो र धुँवाका कारण त्यहाँ ढोकाबाट पस्ने अवस्था नै रहेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रिस र निकोली अलमलमा परे । त्यतिबेला क्रिसले ७ बर्षका छोरा एलीलाई उचालेर झ्यालसम्म पुर्याए ।

२२ महिनाकी एरिन

७ बर्षका एली झ्यालबाट एरिनको बेडरुममा पसे । त्यसपछि बालिका सुतिरहेको झोंक घिसारेर झ्यालतिर ल्याए । त्यसपछि समयमै २२ महिनाकी बालिकाको उद्दार सम्भव भयो ।

एकैछिनमा २० जना अग्नीनियन्त्रकहरु त आए । तर घर सम्पूर्णरुपमा जलेर ध्वस्त भयो ।

झ्यालबाट छिरेका एलीलाई सुरुमा सक्दिन जस्तो लागेको थियो । उनले भने – ‘सुरुमा त मैले सक्दिन होला जस्तो लागेको थियो । तर म बहिनीको झोंकमा तानेर बाहिर ल्याउन सफल भएँ । मलाई एकदम डर लागेको थियो । तर म बहिनीको मृत्यु चाहदैनथें ।’

क्रिस र निकोली दुबैजना पूर्व अग्नीनियन्त्रक समेत हुन् । उनले एलीलाई धर्मपुत्रका रुपमा राखेका थिए ।

आगोले सबै ध्वस्त भएपनि उनीहरु सबैजना सकुशल बच्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् । आगलागीबाट घरको सबै सामान जलेको छ भने तीनवटा कारसमेत ध्वस्त भएका छन् । उनीहरुसँग अब केहीपनि बचेको छैन ।

गोफण्डमीमा उनीहरुको सहयोगका लागि चलाइएको अभियानमा २ लाख ६६ हजार डलर भन्दा धेरै संकलन भइसकेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com