टेनेसीमा नियतबस बम बिष्फोट गराइएको खुलासा, आइतबारसम्मका लागि कर्फयु आदेश जारी


प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार

टेनेसीको नासभिलमा क्रिसमसको विहान गराइएको बिष्फोट नितयवश गराइएको बम बिष्फोट भएको खुलासा भएको छ । बिष्फोट हुनु अगाडि एउटा गाडीबाट बम विष्फोट हुन लागेको चेतावनीसहितको रेकर्ड गरिएको अडियो आएको थियो ।

विहान साढे ६ बजे भएको विष्फोटबाट कम्तीमा ४१ वटा विजनेशमा क्षति पुगेको छ भने ३ जना घाइते समेत भएका छन् । यसैबीच विष्फोट स्थल नजिकै मानवशरिरमा अंश भेटिएको अधिकारीहरुले जनाएका छन् । त्यसको परीक्षण गर्न भने बाँकी नै रहेको जनाइएको छ ।

बम बिष्फोटबाट ठूलो क्षति हुनसक्ने थियो । तर गाडीबाट बम बिष्फोट हुन लागेको चेतावनी सहितको रेकर्डेड अडियो आएपछि ६ जना प्रहरी अधिकारीहरुले नजिकको आवास क्षेत्र तत्काल खाली गराएका थिए ।

बिष्फोट भन्दा अगाडि गाडीबाट एकजना महिलाको बिष्फोट हुन लागेको चेतावनी सहितको रेकर्डेड आवाज आएको थियो । त्यसको केहीबेरपछि बिष्फोटको घटना भएको हो ।

बिष्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो भने आकाशमा माथीसम्म धुँवा उडेको थियो । बिष्फोटको कारणबारे अहिलेसम्म केही खुलेको छैन ।

एफबीआइको फिल्ड अफिसले घटनाबारे अनुसन्धान गरिरहेको छ । बिष्फोट भएको क्षेत्रमा मेयर जोन कुपरले कर्फयु आदेश जारी गरेका छन् । आइतबार दिउसो साढे ४ बजेसम्म उक्त कर्फयु आदेश जारी गरिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com