टेनेसीमा एकाविहानै भयानक बिष्फोट, भवनहरुमा क्षति
प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/12/nashville-fire-.jpeg?fit=2048%2C1536&ssl=1)
टेनेसीको नासभिलमा एकाविहानै बिष्फोट हुँदा गाडी र भवनमा क्षति पुगेको छ । घटना विहान साढे ६ बजे भएको हो । डाउनटाउन नासभिलमा बिष्फोटपछि विहान पौने ७ बजेतिर प्रहरी र अग्नीनियन्त्रकहरु पुगेका थिए ।
प्रहरीले बिष्फोट जानाजान गराइएको र आशययुक्त रहेको बताएको छ । घटनामा कम्तीमा ३ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएपनि अवस्था भने गम्भिर नभएको जनाइएको छ ।
These are pictures from 2nd Avenue south. Windows were broken out from explosion area to Broadway. Please AVOID this area! Media staging is at 2nd Avenue south and KVB. pic.twitter.com/tocdpHWFgj
— Nashville Fire Dept (@NashvilleFD) December 25, 2020
घटनाबारे अनुसन्धानका लागि बम स्क्वायड टोलीपनि घटनास्थलमा पुगेका थिए । मेल्टिङ पटबाहिर पार्क गरेको गाडीमा बिष्फोट भएको जनाइएको छ ।
An explosion linked to a vehicle occurred at 6:30 this morning outside 166 2nd Ave N downtown. Investigation active by MNPD & federal partners.
— Metro Nashville PD (@MNPDNashville) December 25, 2020
बिष्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो भने आकाशमा माथीसम्म धुँवा उडेको थियो । बिष्फोटको कारणबारे अहिलेसम्म केही खुलेको छैन ।