बेलायतबाट अमेरिका आउन ‘कोरोना नेगेटिभ रिपोर्ट’ अनिवार्य


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

अमेरिकन सीडीसीले बिहिबार राती वक्तब्य जारी गर्दै बेलायतबाट अमेरिका आउन कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य बनाएको छ । बेलायतबाट आउने अमेरिकी नागरिकका साथमा सबैका लागि कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्नेछ ।

बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएपछि यसबारे चिन्ता बढेको हो । अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले बेलायतबाट अमेरिका आउने उडानमा प्रतिबन्ध लगाउन आवश्यक नभएको तर नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य बनाउने प्रावधान राख्न उचित हुने बताएका थिए ।

बेलायतबाट अमेरिका आउने यात्रुहरुले विमान चढ्नुभन्दा तीनदिनभित्र कोरोना परीक्षण गरेको हुनुपर्ने र रिपोर्ट नेगेटिभ हुनुपर्ने सीडीसीले जनाएको छ । विगत १४ दिनभित्र बेलायतमा रहेका सबैका लागि यो नियम लागु हुनेछ ।

पीसीआर र एन्टीजेन परीक्षणमध्ये कुनैपनि परीक्षण स्वीकार गरिने भएको छ । यो नियम डिसेम्बर २८ बाट लागु हुने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच कोरोनाबिरुद्धको खोप निर्माण गरेर अमेरिकी सरकारबाट स्वीकृति पाएलगत्तै वितरण सुरु गरेका फाइजर र मोडेर्नाले कोरोना भाइरसको नयाँ प्रकारबिरुद्ध भ्याक्सिनले काम गर्ने नगर्ने थाहा पाउन परीक्षण सुरु गरिरहेका छन् । कम्पनीले वक्तब्य जारी गर्दै बेलायतमा भेटिएको कोरोनाको नयाँ प्रकारबिरुद्ध परीक्षण गरिरहेको बताएका हुन् ।

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारबिरुद्ध भ्याक्सिनले काम गर्ने अहिलेसम्मको तथ्यांक हेर्दा आफूहरु आशावादी रहेको मोडेर्नाले जनाएको छ । तर आशालाई पुष्टी गर्ने आगामी साताहरुमा थप परीक्षणहरु गर्ने मोडेर्नाले जनाएको छ ।

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारलाई निर्मलीकरण गर्न भ्याक्सिन कत्तिको सफल हुन्छ भन्ने जाँच्न भ्याक्सिन लगाएका व्यक्तिबाट रगतका नमुनाहरु संकलन गरेर तथ्यांक निर्माण गरिरहेको फाइजरले जनाएको छ । कोरोना भाइरसपहिले पनि म्युटेशन भएर नयाँ नयाँ प्रकारमा देखिएको थियो । ती प्रकारहरुबिरुद्ध भ्याक्सिनले काम गरेको पाइएको मोडेर्ना र फाइजरले जनाएका थिए ।

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारबारे विश्वब्यापी चासो बढिरहँदा भ्याक्सिन कम्पनीले यस्तो वक्तब्य जारी गरेका हुन् । क्यानडा लगायतका कैयन मुलुकले बेलायतबाट आउने यात्रुहरुमा नयाँ प्रतिबन्धहरु लगाएका छन् ।

अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोनाको नयाँ प्रकार अमेरिकामा पनि हुनसक्ने बताएका छन् । भाइरसको म्युटेशन असाधारण कुरा नभएको र प्रायजसो नयाँ म्युटेशनबाट कुनै उल्लेख प्रभाव नपर्ने गरेको फाउचीको भनाई छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com