बेलायत कोरोना भाइरसको नयाँ संस्करणको मारमा


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ ।

यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् ।यसअघि पनि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको बताइएको छ ।

यो दोस्रो लहरका कारण बेलायतमा केही हप्ता यतादेखि कडा खालका प्रतिबन्धहरु लगाएको थियो र यसपछि पछिल्ला केही दिनहरु यतादेखि पनि यहाँ झनै कडा भाइरस आएको भन्दै थप प्रतिबन्धहरु लगाइएको थियो ।

को ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ ।बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले यहाँका थप केही स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको घोषणा बुधबार मात्र गरेका थिए । जसका कारण यहाँ बसोबास गर्ने कतिपय स्थानका नागरिकहरु त घरबाट निस्किन समेत नपाउने गरी प्रतिबन्धहरु लगाइएको अधिकारीहरुले जानकारी गराएका छन् ।

यसरी बुधबार नयाँ प्रतिबन्ध लगाइएका स्थानहरुमा पूर्वी बेलायतका विभिन्न सात स्थानहरु रहेका स्वास्थ्यमन्त्री म्याटले जानकारी दिए । ती स्थानहरुमा पछिल्लो पटक नयाँ खालका कोरोना भाइरसका दुई जना विरामी भेटिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको उनले बताए ।

यसैबीच बेलायतमा यो पछिल्लो अवस्थापछि बेलायतबाट आउने तथा बेलायत जाने हवाई उडानहरुमाथि नै प्रतिबन्ध लगाएको बताएका छन् ।बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएका समाचार आएका छन् । गएको आइतबार मात्र पनि डच सरकारले यस्तै खालको प्रतिबन्ध लगाइएको डच सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाएको बताइएको हो । बेलायतल सरकारले पनि आगामी क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनेको छ ।

बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई जति सक्दो कम गर्न तथा फैलिन नदिन बेलायत जान र त्यहाँबाट आउने नागरिकलाई रोक्नका लागि यतिखेर विश्वका कैयौँ देशहरुले यात्रामा प्रतिबन्ध लगाएको बताएका छन् ।

यसरी बेलायत दोस्रो लहरको प्रभावपछि पनि थप समस्यामा परेको पाइएको छ । गत वर्षको डिसेम्बरबाट शुरु भएको पुरानै कोरोना भाइरसबाट पनि शुरुमा प्रभावित भएको बेलायतले यसको नियन्त्रण राम्रोसँग गर्न सफल भएको थियो ।

तर पनि अघिल्लो महिनादेखि पुनः यसैको दोस्रो लहर आयो र यहाँको जनजीवनलाई थप प्रभावित बनायो । त्यसपछि पनि केही नयाँ प्रतिबन्धहरु बेलायतले घोषणा गरेका थिए ।

त्यसैमाथि अहिले फेरि झन् कडा खालको र मृत्युको दर पनि बढी भएको यो नयाँ भाइरस देखिएको भन्दै यसले बृटिस सरकार र यहाँका नागरिकलाई थप समस्यामा पारेको छ ।

यसका कारण फेरि पनि यहाँका कतिपय स्थानका नागरिक घरबाट बाहिर निस्किन नपाउँदा समस्या थपिएको छ । यसमा पनि नयाँ भाइरसको त्रासका कारण विश्वका ४० भन्दा बढी देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएपछि त यहाँको जनजीवन थप प्रभावित भएको बताइएको छ ।

यसका कारण बेलायतले यो पछिल्लो संस्करणको भाइरसले यहाँको जनजीवनलाई प्रभावित त बनाउँछ नै यसले यहाँ बेरोजगारी समस्या उत्पन्न गर्ने तथा यहाँको अर्थतन्त्रमा पनि नराम्रो प्रभाव पार्ने निश्चित जस्तो देखिएको जानकारहरुको भनाई छ । सिन्ह्वा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com