२ बर्षको अवधिमा चौथो चुनाव गराउनुपर्ने अवस्था श्रृजना गर्दै इजरायलको सरकार पतन


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

२ बर्षको अवधिमा चौथो चुनाव गराउनुपर्ने अवस्था श्रृजना गर्दै इजरायलको सरकार पतन भएको छ । संसदले २०२० र २०२१ को बजेट डेडलाइनभित्र पारित गर्न नसकेपछि मंगलबार मध्यराती सरकार पतन भएको हो ।

अब सम्भवत आगामी मार्च २३ मा चुनाव हुने दिशातिर इजरायल अगाडि बढेको छ । आगामी मार्चमा चुनाव भएमा यो २ बर्षको अवधिमा चौथो चुनाव हुनेछ ।

प्रधानमन्त्री बेन्जामिन नेतेनेहु र उनका पूर्व गठबन्धनमा रहेका ब्लु एण्ड ह्वाइट नेता बेनी गान्जले उनीहरुको ७ महिना लामो सरकार पतनका लागि एकअर्कालाई आरोप लगाएका छन् । ब्यु एण्ड ह्वाइट गठबन्धनको सहमतिबाट पछि हटेपछि कोरोना महामारीमा अनावश्यक चुनावमा जाने अवस्था आएको नेतेनेहुले जनाएका छन् ।

आफूहरुले जित्ने निश्चित भएको र चुनावमा जान नडराउने उनले बताएका छन् । गान्जले प्रधानमन्त्री जनताको हितमा नभई आफूबिरुद्धको भ्रष्टाचारको अभियोगका सन्दर्भमा व्यस्त रहेको बताएका छन् । आर्थिक स्थीरता र अर्थ व्यवस्थाको पुन स्थापना सुनिश्चित गर्नुको साटो देशलाई अनिश्चिततातिर लैजानमा व्यस्त रहेको उनले नेतेनेहुमाथि आरोप लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीनवटा अपूर्ण चुनावपछि र कोरोनाको महामारी फैलिएपछि गान्ज गत अप्रिलमा नेतेनेहुको सरकारमा समावेश हुन सहमत भएका थिए । जसलाई आपतकालिन गठबन्धन सरकारका रुपमा लिइएको थियो । तर नेतेनेहुले भ्रष्टाचारको अभियोगको सामना गरिरहेकाले गठबन्धन राम्रो भने थिएन ।

नेतेनेहुले सुरुका १८ महिना प्रधानमन्त्री चलाउने र त्यसपछि गान्जलाई दिने सहमति भएको थियो । तर मंगलबार रातीसम्म सांसदहरुले बजेट पारित नगरे सरकार पतन हुने व्यवस्था रहेका कारण सरकार पतन हुन पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com