न्युयोर्कको क्वीन्समा ३ सय प्रज्वलनशील ग्यास सिलिण्डर बोकेको ट्रकमा आगलागी (भिडियो समेत)


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

गएराती न्युयोर्कको क्वीन्समा झण्डै ३ सय प्रज्वलनशील ग्यास सिलिण्डरहरु बोकेको एउटा ट्रकमा आगलागी भएको छ । कोरोनाको जङसन ब्लुभर्ड नजिकै लेफ्राक सिटी अपार्टमेन्ट भवन अगाडि मध्यराती १२ बजेतिर आगो लागेको हो ।

नेपालीहरुको उल्लेख्य बसोबास रहेको उक्त अपार्टमेन्ट अगाडि ट्रकमा आगो लाग्दा त्यहाँ बस्ने नेपालीहरु समेत आतंकित भएका थिए । आगोको लप्का आकाशमा निकै माथिसम्म फैलिएको थियो भने झण्डै ३ सय सिलिण्डरहरु पड्केको आवाजले त्यसक्षेत्रमा त्रास फैलिएको थियो ।

गाडीका चालक भने सकुशल फुत्कन सफल भएको जनाइएको छ । आगलागीपछि लङ आइल्याण्ड एक्सप्रेस वे केही समय अवरुद्ध भएको थियो । झण्डै आधाघण्टामा आगलागी नियन्त्रणमा लिइएको थियो भने लेफ्राकसिटी अपार्टमेन्टमा बस्ने कैयन व्यक्ति त्रासले घरबाहिर निस्केका थिए ।

हिमपातपछि जमेको ब्ल्याक आइसमा चिप्लिएर ठोक्किदा ट्रकमा आगलागी भएको जनाइएको छ । आगलागीपछि त्यहाँका भग्नावशेसहरु हटाउन घण्टौं लागेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com